महाप्रबन्धकले हटाएपछि रेल्वे कम्पनीका ज्यालादारी कर्मचारी आन्दोलित

जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडअन्तर्गत ज्यालादारीमा नियुक्त १५१ जना कर्मचारीलाई बिना जानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि पुराना कर्मचारी आन्दोलित भएका छन् ।

रेल्वे कर्मचारी संघर्ष समितिले शुक्रबार जनकपुरधामस्थित नेपाल रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका छन् । सहायक स्टेशन मास्टर पदमा २०५८ सालदेखि नै कार्यरत मञ्जय गोइतले दुई हप्तादेखि धर्ना, प्रदर्शन गर्दै आए पनि माग सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरेको बताए ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्रसमेत बुझाएको जानकारी दिँदै गोइत भन्छन् ‘प्रजिअ पौडेलले रेल्वेका महाप्रबन्धक निरञ्जन झालाई कोरोना संक्रमण भएको भन्दै समस्या समाधान गर्न आलटाल गरिरहे ।’

महाप्रबन्धक झाले ५५ जना नयाँ कर्मचारीलाई नियुक्त गरी तालिम दिन थालेपछि पुराना कर्मचारी आन्दोलित भएका हुन् ।

नेपाल रेल्वेलाई कानुनी तथा प्राविधिक कारण देखाइ जयनगर–कुर्था खण्डमा नियुक्त भएका कर्मचारीलाई एक्कासि सूचना निकालेर नवनियुक्त महाप्रबन्धक झाले हटाएपछि उनीहरूले आफूहरूलाई पुनः समायोजन गर्न माग गरेका छन् ।

पछिल्लो पटक सहायक स्टेशन मास्टरको तालिम लिएका इन्द्रजित गोइतले आफूहरूलाई कुनै जानकारी नै नदिई नवनियुक्त महाप्रबन्धक झाले आफूअनुकूलका पार्टीका कार्यकर्तालाई नियुक्त गरी तालिम दिन लागेको आरोप लगाए ।

उनले गोप्यरूपमा तालिम दिएर आफ्ना नजिकका व्यक्तिहरूलाई राख्नु आफूहरूका लागि असह्य भएको बताए । उनले यसअघि आफूहरूले पनि एक महिनाको तालिम लिएको र आफूहरूको भुक्तानीसमेत बाँकी रहेको बताए ।

महाप्रबन्धक झाले गत भदौ १८ गते एक सूचना प्रकाशित गर्दै ज्यालादारीमा नियुक्त गरिएका सयौँ कर्मचारीलाई हटाएका थिए ।

रेल सञ्चालनको टुंगो नलागेको भन्दै पूर्व महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नियुक्त गरेका विभिन्न पदका १५१ जना ज्यालादारी कर्मचारीलाई नवनियुक्त महाप्रबन्धक झाले हटाएका थिए । उनले ज्यालादारी कर्मचारीलाई आफूखुसी हाजिरी नगर्न सूचना जारी गर्दै पदमुक्त गरेका थिए ।

जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भइसकेकाले नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरिसकेको थियो । गत असोज २ गते नेपाल सरकारले खरिद गरेको दुई सेट रेल आए पनि चल्न नसकेपछि हाल धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित ईनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा रेल राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
‘ब्यूटी प्याजेन्ट’ बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन