तोकिएकै समयमा हुलाकी राजमार्ग निर्माण हुनेमा आशंका

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत हुलाकी राजमार्गले लक्ष्यलाई पछ्याउँदै निर्माणको गति समात्ने प्रयासमा रहेको पाइएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिको भौतिक प्रगतिअनुसार राजमार्ग निर्माणले केही सकारात्मक प्रगति देखाए पनि तोकिएकै समयमा सम्पन्न हुनेमा भने अझै आशंका छन् ।

कतिपय ठाउँमा वर्षांैदेखि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन । लक्ष्यअनुसार प्रगति नहुनुले पनि तोकिएकै समयमा निर्माण सम्पन्न हुनेमा शंका उब्जिन थालेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलको तथ्यांकअनुसार हालसम्म हुलाकी राजमार्गको ७२ दशमलव ४२ प्रतिशत भौतिक काम सम्पन्न भएको छ । वित्तीय प्रगति भने ७५ प्रतिशत अर्थात् ४८.९२ अर्ब खर्च भएको छ ।

भौतिक प्रगति ७२ प्रतिशत, ७५ प्रतिशत वित्तीय प्रगति

मन्त्रालयले १ हजार ७ सय ९२ किमी सडकमध्ये ७ सय ९५.२१ किलोमिटर कालोपत्रे सम्पन्न भएको जनाएको छ । बाँकी ५ सय ८१ किमी सडक निर्माणाधीन रहेको आयोजनाले जनाएको छ । कुल २ सय १९ पुल बन्नुपर्नेमा १ सय १ वटा पुल सम्पन्न भएका छन् ।

आर्थिक वर्ष २०६६÷६७ मा सुरु भएको राजमार्ग निर्माण २०७९÷८० मा सम्पन्न हुनुपर्नेछ । आयोजनाको अहिलेसम्मको समग्र प्रगतिले भने तोकिएकै समयमा सम्पन्न हुन नसक्ने देखिन थालेको छ । आयोजनाको कुल लागत ६५ अर्ब २० करोड रहेको छ ।

दोस्रो त्रैमासिक दुई तिहाइ काम
चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा हुलाकी राजमार्गको लक्ष्यअनुसार दुई तिहाइ भौतिक तथा वित्तीय प्रगति भएको पाइएको छ । राजमार्गको त्रैमासिक अवधिमा ४३ किमी कालोपत्रे र पाँचवटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । जसमा ३३ किमि कालोपत्रे सम्पन्न भएको छ भने दुईवटा मात्र पुल निर्माण सम्पन्न भएका छन् ।

यस्तै, १ अर्ब ५३ करोड २५ लाख बजेट विनियोजन गरिएकोमा ७९ करोड ३६ लाख मात्र खर्च भएको छ । जसअनुसार दोस्रो त्रैमासिक अवधिमा ७६ प्रतिशत भौतिक प्रगति भएको हो भने करिब ५२ प्रतिशत वित्तीय प्रगति भएको पाइएको छ ।

चालू आर्थिक वर्षका लागि १ सय ४० किमी कालोपत्रे र १८ वटा पुल निर्माण गर्ने लक्ष्य राखिएको छ । जसमा ५० किमी कालोपत्र र दुईवटा पुल निर्माण सम्पन्न भएका छन् । चालू आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ३३ लाख बजेट विनियोजन गरिएकोमा २ अर्ब ४५ करोड १ लाख मात्र अहिलेसम्म खर्च भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 454 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी