काठमाडौं । गायक दुर्गेश थापा यतिबेला फेरि विवादमा छन् । दुई दिनअघि आफ्नो र छोराको जन्म उत्सवको अवसरमा उनले नयाँ गीत ‘पैसा…’ को भिडियो रिलिज गरेका थिए । उनको यो -याप गीतमा प्रयोग गरिएको अश्लील शब्द र पैसाको दुरूपयोग गरिएको भन्दै यतिबेला विभिन्न टीकाटिप्पणी र विरोध भएको छ ।
वैज्ञानिक समाजवादी महिला संगठनले एक विज्ञप्ति जारी गर्दै यो गीत अश्लील र महिलालाई मानहानि हुने शैलीको रहेको भनेको छ । गीत र भिडियो दुवैलाई तत्कालै रोक्न सो संगठनले प्रशासनसँग माग गरेको छ । तर, गायक दुर्गेशले भने सो संगठनको मागलाई सामान्य रूपमा लिएका छन् । तन्नेरी पुस्तामा अहिलेको व्यवस्था, सरकार प्रतिको ‘फस्टे«सन’को आक्रोस हो भन्ने उनको कथन छ । यो गीत निकाल्नुलाई गायक दुर्गेशले वाक्स्वतन्त्रताको रूपमा लिएका छन् । अहिलेको -याप गीतको प्रचलन विश्वव्यापी रूपमै यस्तो रहेको यी गायकको दाबी छ ।
गायक दुर्गेशले यसपटक मात्र अश्लील र समाज विरोधी गीत गाएका हैनन् । तीन वर्षअघि तिहार संस्कृतिलाई नै असर पर्नेगरी ‘ह्याप्पी तिहार चिसो वियर…’ गीत गाउँदा उनी प्रहरी कारबाहीमा समेत परेका थिए । पछिल्लो समय उनका अधिकांश गीत विद्रोही भावका आएका छन् । यसलाई उनी अहिलेको युवा पुस्ताको सामूहिक आवाजको रूपमा दाबी गर्छन् ।
गायक दुर्गेश मात्र हैन, अहिले केही -यापर मा छाडा गीत गाउनेक्रम मौलाएको छ । छाडा र अश्लील गीत गाएर पटकपटक प्रहरी कारबाहीमा परेका अर्का गायक भीटेनले आफ्नो शैलीलाई अझै सुधारेका छैनन् । छाडा शब्द प्रयोग गरेर गीत गाएकै कारण प्रहरीले पक्राउ गरेर केही समय उनलाई थुनामा पनि राखेको थियो । परिवारको रोहवरमा हिरासत मुक्त भएका भिटेनले त्यसपछि फेरि प्रहरीलाई नै व्यंग्य गरेर गीत बनाए । उनको यस्तो शैली देखेर प्रहरीसमेत वाक्क भइसकेको छ । उनले आफ्नो यो पारा नछाडेपछि राज्यले समेतको गायनमा अश्लिल गतिविधिलाई बेवास्ता गर्न थालेको छ ।

दुर्गेश र भिटेन मात्र हैन, पछिल्लो समय गायनमा आएका अधिकांश -यापरले अश्लील शब्दलाई गीतमा प्रस्तुत गर्नुलाई फेसनकै रूपमा लिएका छन् । -याप गीतमा अश्लील शब्दको प्रयोग भएन भने त्यो पूर्ण हुन्न भन्ने उनीहरूको मानसिकता छ, ‘अश्लील शब्द मिसाएन भने दाइ तपार्इंको त -याप पनि भजन जस्तो भयो भनेर फ्यानले उल्टो -याप हान्दा रहेछन्,’ एक जना -यापरले राजधानीसँग भने ।
यतिबेला आफ्नो गीत ‘तेरो बाउ बोला…’ बाट -यापर जी बब निकै चर्चामा छन् । उनले एउटा ¥याप गायन प्रतिस्पर्धामा अर्का ¥यापर माइलासँगको प्रतिस्पर्धामा गाएको -यापको एउटा टुक्रा अहिले भाइरल भएको हो । तीन राउन्डको प्रतिस्पर्धामा उनले अर्का माइला -यापरलाई धेरैपटक अश्लील शब्द प्रयोग गरेका छन् । उनको अश्लील गीत सुनेर कार्यक्रममा सहभागी भएकाले हुटिङसहित उनलाई साथ दिएका छन् । यस्ता साथले जी बब् अझ उत्साहित बनेको देखिन्छ ।
-यापमा आफ्नो छुट्टै परिचय बनाएका गायक लाउरे (आशिष रानामगर) यतिबेला जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी हिरासतमा छन् । उनी लागू औषध सेवनको आरोपमा प्रहरी अनुसन्धानमा रहेका हुन् । ¥याप गीतमा अश्लील शब्द प्रयोग गर्ने अघिल्ला पुस्ताका नाइकेमा यी गायक पनि पर्छन् । समाजले बोल्ने शब्दलाई आफूहरूले प्रयोग गर्दै आएको उनले बताउँदै आएका थिए ।
यसरी केही समययता परिवारसँग बसेर सुन्न नसकिने अश्लील शब्दको प्रयोग गर्दै ¥यापरले गीत गाउनेक्रम बढे पनि त्यस्ता गीतप्रति राज्यको ध्यान नगएको संगीतकर्मी बताउछन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले यसै प्रसंगमा राजधानीसँग भने, ‘हामीले दोहारीमा केही व्यंग्य गर्दा छाडा भयो भन्ने सरकार अहिले खुलेआम अश्लील गीत गाउने होडबाजी चल्दासमेत मौन छ । राज्यको बेवास्ता र कानुनको लगामलाई खुकुलो छाडेकै कारण -याप गीत गाउने नाममा अश्लील शब्द बोल्दै गाली गर्नेक्रम बढेको हो,’ यसमा राज्य नै दोषी भएको उनले बताए । यसअघि अश्लील गीत गाएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक दुर्गेश थापालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ । प्रतिष्ठानका सदस्यलाई यस्ता अश्लील गीत गाउनबाट आफूहरूले रोक्दै लोक गीतलाई सभ्य बनाउने प्रयास गरेको उनले जिकिर गरे ।
गीतमै विद्यावारिधि गरेका अग्रज गीतकार डा. कृष्णहरि बराल गीतमा अश्लील शब्दको खुलेआम प्रयोग हुनुलाई अभिव्यक्ति स्वतन्त्रताको नाममा यो एक पराकाष्टा हो भन्छन्, ‘समाजप्रति मेरो दायित्व के हो भन्ने चेतनाको कमीले यस्तो भएको हो । समाजलाई मैले के दिएँ र मैले दिएको कुराले समाजलाई कता लगिरहेको छ भन्ने कुरा गीतकार आफैंले बुझ्नुपर्छ र यस्ता अश्लील गीतलाई कानुनले पनि प्रतिकार गर्नुपर्छ ।’ यस्ता गीतलाई आफूले बेवस्ता गर्दै आएको पनि गीतकार डा. बरालले बताए ।
अग्रज गीतकार राजेन्द्र थापा यस्ता गीतलाई समाजले बेवस्ता गर्नुपर्ने बताउँछन् । -याप गीत विद्रोह हो भन्दैमा समाजलाई अश्लीलतातर्फ लैजाने शब्द गीतमा प्रयोग गर्नु राम्रो नभएको उनको कथन छ । गीत गीतसंगीतलाई सेन्सर गर्नु नहुने भन्ने तर्क राख्दै आएका गीतकार थापा समाजले नै यस्ता गीतलाई बहिष्कार गर्नुपर्छ भन्ने तर्क अघि सार्छन् । यस्ता अश्लील गीत समाजमा आउनु र हाबी हुनुलाई उनी गीत संंगीतको एउटा दुर्भाग्यको रूपमा व्याख्या गर्छन् । यस्ता अश्लील गीतलाई सामाजिक सञ्जालदेखि युट्युबमा ‘म्युट’ गरेर सार्वजनिक गर्न पनि उनको सुझाव छ ।