नेपाली प्रशिक्षक अल्मुताइरीको प्रतिक्रिया : रेफ्रीको निर्णयको सम्मान गर्छु

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मरिससविरुद्धको दोस्रो खेलमा पनि जित हात पार्न सफल भएकोमा आफू खुसी भएको बताएका छन् ।

खेल सकिएपछिको पत्रकारसम्मेलनमा प्रशिक्षक अल्मुताइरीले आफू आज खेलाडीको प्रदर्शनबाट खुसी भएको बताए । शारीरिक रुपमा बलियो टिमबिरुद्ध नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेको उनको भनाइ थियो ।

खेल तनावग्रस्त हुन राम्रो नभएको बताउँदै उनले १ गोलको अग्रता पछि धैर्य भएर खेल्नुपर्ने बताए । खेलमा भएको तनावका लागि दुबै पक्षका खेलाडी ५०/५० प्रतिशत जिम्मेवार भएको उनको भनाइ थियो ।

‘गेम सकियो अब सबैले कुरा बिर्सनुपर्छ’ अल्मुताइरीले भने, ‘म रेफ्रीको डिसिजन सम्मान गर्छु ।’ खेलमा हार जित हुने भन्दै उनले आफूहरु जितका लागि योग्य भएको बताए । उनले खेलाडीहरु आज नडराई खेलेको बताए । तनावपूर्ण खेलमा नेपालले मसिससविरुद्ध १-० को जित हात पारेको थियो।

तपाइको प्रतिक्रिया
(Visited 329 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रेम सम्बन्ध टुटेपछि अब विवाह नगर्ने जरीनको घोषणा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ज्येष्ठ नागरिकका गुनासा