काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँले बृद्धि छ । निगमले प्रतिलिटर तीन रुपैयाँले बृद्धि गर्दा पेट्रोलको मूल्य १ सय ४२ रुपैयाँ पुगेको छ । निगमको तथ्यांक अनुसार पेट्रोल प्रतिलिटर हाल सम्मकै महँगो हो । २०७० मा प्रतिलिटर पेट्रोल १ सय ४० पुगेको थियो ।
भने अब डिजेल र मट्टितेलको मूल्य लिटरको १ सय २५ रुपैयाँ पुगेको छ । इण्डियन आयल कर्पोरेशन –आईओसी) १ फेब्रुअरीमा पठाएको मूल्य बढेर आएको हुँदा पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको निगमले जनाएको छ । खान पकाउने एलपी ग्यासको मूल्य घटेर आएको हुँदा निगमलाई प्रतिसिलिण्डर ५ सय ६० रुपैयाँ घाटा नै भएको हुँदा हालको मूल्य नै कायम गरेको निगमले जनाएको छ ।
।
तपाइको प्रतिक्रिया
(Visited 314 times, 1 visits today)