डब्लुएचओद्वारा विश्वव्यापी महामारीको घोषणा

जेनेभा । कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओले विश्वव्यापी महामारीको घोषणा गरेको छ । डब्लुएचओले भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह पनि गरेको छ ।

नियमित पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले भाइरसको रोकथामको लागि सचेत हुन विश्व समुदायलाई आग्रह गरे । उनले नियन्त्रणको लागि आक्रामक निर्णय लिनसमेत आग्रह गरेका छन् ।

डब्लुएचओले नियन्त्रण प्रयाससँगै आपतकालीन अवस्थाको लागि अस्पताल तयारी अवस्थामा राख्नसमेत आग्रह गरेको छ । अहिलेसम्म कोरोनाको संक्रमण विश्वका १ सय २० धेरै देशहरुमा फैलिइसकेको छ ।

त्यस्तै ४ हजार ६ सय १६ जनाको यो भाइरसका कारण नै ज्यान गइसकेको छ । तिमध्ये ३ हजार १ सय ५८ चीनका र १ हजार ४ सय ५८ अन्य मुलुकका छन् । भाईरसवाट हालसम्म १ लाख २६ हजार १ सय २१ संक्रमित भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीका मेयर गोपाल हमाल कार्यालय समयमा भेटघाट नगर्ने, बिहान सर्वसाधरणसंग भेटघाटका गर्ने