रुकुम पूर्वमा पुनः हिमपात, जनजीवन अस्तव्यस्त


रुकुम पूर्व । रुकुम पूर्वमा पुनः हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पहिले परेको हिउँ पूर्ण रूपमा बिलाउन नपाउँदै बिहीबार रातिदेखि पुनः हिमपात भएको हो । हिमपातले लेकाली बस्ती सेताम्य भएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेको छ ।

पटकपटक हिमपात भएपछि बाली सप्रिने आशाले किसान भने खुसी भएका छन् । पुसमा बाक्लो हिउँ परेपछि अन्नबाली, फलफूल, जडीबुटी सप्रिने किसानको भनाइ छ । बाक्लो हिमपातका कारण यातायात सेवा अवरुद्ध भएको छ । सदरमुकाम रहेको रुकुमकोटदेखि पुथाउत्तरगंगा गाउँपालिका जाने सहिदमार्गमा बाक्लो हिउँ जमेकाले सडक अवरुद्ध भएको छ ।

यसैगरी, रुकुमकोटदेखि बाग्लुङ भएर काठमाडौं जाने मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको पूर्वी यातायात प्रालिका इन्चार्ज सनम गौतमले बताए । यसअघि परेको हिउँ पन्छाएर सडक सञ्चालन भएको केही दिन मात्र भएको थियो । हिउँ अहिले पनि परिरहेकाले जनजीवन अस्तव्यस्त भएकोे छ । वस्तुभाउलाई गोठमै राखिएको छ । सर्वसाधरण घरभित्र आगो तापेर बसिरहेको पुथाउत्तरगंगा गाउँपालिका–१२ कोलकाबहादुर विकले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 505 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

१० माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नुवाकोटमा कतै गठबन्धन कतै एक्ला एक्लै