भारतले जित्यो अण्डर–१९ एक दिवसीय विश्वकप क्रिकेटको उपाधि

भारतले १९ वर्षमुनिको एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा इंग्ल्याण्डमाथि ४ विकेटको जित निकाल्दै भारत पाँचौ पटक विश्व च्याम्पियन बनेको हो । १ सय ९० रनको लक्ष्य भारतले १४ बल अगावै ६ विकेट गुमाएर भेट्टाएको थियो ।

उसका लागि शेख रशिद र निशान्त सिन्धुले समान ५०-५० रनको अर्धशतकीय इनिंग्स खेले । त्यस्तै राज बावाले ३५ तथा हरनुर सिंहले २१ रन जोडे । बलिङमा इंग्ल्याण्डका जोसुआ बेडेन, जेम्स सेल्स र थोमस एस्पिनवेलले समान २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड ४४ दशमलव ५ ओभरमा १ सय ८९ रनमा अलआउट भएको थियो । इंग्ल्याण्डका लागि जेम्स रिउले ९५ रन बनाए । भारतका राज बावाले ५ तथा रवी कुमारले ४ विकेट लिए । बावा म्यान अफ द म्याच चुनिए ।

तपाइको प्रतिक्रिया
(Visited 349 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनमा सहमति हुन सकेन, कैलालीमा सवै दलको उम्मेदवारी दर्ता