लन्डन । इंग्लिस क्लब लिभरपुल एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेकाे छ । याेसँगै लेस्टर सिटी बाहिरिएको छ । आइतबार भएको खेलमा कार्डिफ सिटीलाई ३-१ अन्तरले हराउँदै लिभरपुल पाँचौं चरणमा स्थान बनाएकाे हाे । लिभरपुलको जितमा डिएगो जोटा, ताकुमी मिनामिनो र हार्भे इलिओटले १-१ गोल गरे ।
कार्डिफका रुबिन कोलविलले सान्त्वना गोल गरे । अर्को खेलमा लेस्टर सिटी नटिंगघम फरेस्टसँग ४-१ अन्तरले पराजित हुँदै बाहिरियो ।
पीएसजीलाई १३ अंकको अग्रता
अर्जेन्टिनी स्टार लियोनल मेस्सीले लिग वानमा दोस्रो गोल गर्दा पेरिस सेन्ड जर्मेन (पीएसजी) ले १३ अंकको अग्रता बनाएको छ । आइतबार राति लिललाई ५-१ ले पराजित गर्दा मेस्सीले गोल गरेका थिए । पीएसजीको यो सिजनको १७औं जित हो ।
पीएसजीको जितमा डानिलो परेइराले दुई गोल गरे । यस्तै प्रेस्नेल किमपेम्बे, लियोनल मेस्सी र केलियन एम्बाप्पे एक एक गोल गरे । यता लिलका लागि बाट्म्यानले गोल गरे । जितपछी पीएसजीले २३ खेलबाट ५६ अंक जोडेको छ । समान खेलबाट लिल ३२ अंक सहित ११औं स्थानमा छन। यता, दोस्रो स्थानमा मार्सेइली समान खेलबाट ४३ अंक सहित दोस्रो स्थानमा छ ।
युभेन्ट्सको १३औँ जित
इटालीयन सिरि ए मा युभेन्ट्सले आइतबार राति हेलास भेरोनालाई २-० ले पराजित गरेको छ । जारी लिगमा १३औं जित निकाल्ने क्रममा युभेन्ट्सको लागि डुसान भिलाहोभिक र डेनिस जाकारियाले १-१ गोल गरे । जितपछि युभेन्ट्स २४ खेलबाट ४५ अंकसहित चौथो स्थानमा छ । समान खेलबाट ३३ अंकसहित भेरोना नवौं स्थानमा छ । सिरी ए मा २३ खेलमा ५३ अंकसहित इन्टर मिलन शीर्ष स्थानमा छ ।