फागुन १ बाट सिनेमा हल खोल्न सीसीएमसीसीको सिफारिस

काठमाडौं । नेपालमा कोरोनाको तेश्रो लहर आएसँगै गत ३ माघबाट बन्द गरिएको सिनेमा हल खोल्नका लागि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सिफारिस गरेको छ । नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघका पदाधिकारीहरुले शुक्रबार सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई भेटेर १ फागुनबाट सिनेमा हल खुलाउन ज्ञापन पत्र बुझाएका थिए ।

यता हाल बन्द रहेका मुलुकका सिनेमा हलहरु आउँदो १ फागुनबाट खुलाउनको लागि आइतबार बसेको सीसीएमसीसीको बैठकले सरकारलाई सिफारिस गरेको हो । बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर हल खोल्न सरकारलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिएकी छन् ।

नेपालका अनुसार सीसीएमसीसीको बैठकले फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर सिनेमा हलसँगै जिमखाना, फुटसललगायत रात्रिकालिन व्यवसायहरू दोहोरी, डान्सबार, क्लबलगायत सञ्चालनका लागि पनि सरकारलाई सिफारिस गरेको छ । केही दिन यताबाट कोरोनाका सँक्रमण निकै घटेकाले त्यसलाई मध्यनजर राख्दै सो सिफारिस गरिएको पनि उनले बताएकी छिन् ।

अब यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकले सीसीएमसीसीको सिफारिसको विषयमा निर्णय लिन सक्ने आशा गरिएको छ ।

यता चलचित्र विकाश बोर्डले आईतबार चलचित्रकर्मीसँग एक भेटघाट आयोजना गर्दै अहिलेको अबस्थामा चलचित्र निर्माण लगायतका कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ । अहिले सिनेमा हल बन्द भएकोमा सो बैठकमा सबैले चाँडो भन्दा चाँडो सिनेमा हल खोल्नु पर्ने माग गरेको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले बताएका छन् । भेलामा निर्माता, हल सञ्चालक र प्राविधिकहरुले पनि सिनेमा हल १ फागुनबाट खोल्नको लागि सरकारसँग माग गरेका छन् । बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रकर्मीको मागप्रति सरकार सकरात्मक रहेको भन्दै १ फागुनबाट सिनेमा हल खुल्न सक्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 377 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महानगरमा भागबण्डा, उपमहानगरमा अड्को