भतिजोलाई छोरा भनेपछि ढुंगाले हानेर हत्या

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–७ माथील्लो चिम्लीङ निवासी ३८ वर्षका विजय तामाङ र सोही गाउँका वर्ष ५९ का सन्तविर तामाङ नाताले काका भतिजा हुन् । तर सन्तविरले सधै उनलाई ‘छोरा’ भनेर बोलाउने गर्दथे । आइतबार दिउँसो देखि नै उनीहरु दुवै सँगै थिए ।

दिउँसोबाटै दुवैले मदिरा सेवन गरेर बसेका थिए । सँगै बस्दा पनि ‘तँ मेरो भतिज होइन छोरा नै हो ।’ भनेपछि दुवै बिच विवाद भएर झगडा सुरु भएको थियो । झगडा यति उग्र भयो कि विजयले काका सन्तविरलाई ढुंगाले अनुहारमा एकाएक प्रहार गरे । ढुंगाले हान्दा मात्रै उनको रिस साम्य भएको थिएन,उनले नजिकै रहेको बाँसको भाटाले समेत काका सन्तविरलाई हिर्काए । विजयको कुटाईबाट सन्तविरको घटनास्थलमा नै मृत्यु भएको थियो । आफ्नो भाईलाई कुटपिट गरेको देखेपछि छुट्याउन गएकी ७० वर्षीया बसुमाया तामाङलाई समेत विजयले ढुंगा र बाँसले हानेर घटनास्थलमा नै हत्या गरेका थिए ।

प्रहरीले लिएको प्रारम्भिक सोधपुछका क्रममा विजयले सन्तविरले आफुलाई छोरा भन्ने गरेपछि पीडा भएको र रिसको क्रममा उनलाई हिर्काएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए । ‘छोरा भन्दा न उसको आमासँग गलत सम्बन्ध थियो कि भन्ने उनको शंका रहेछ ।’,डीएसपी बस्नेतले भने ‘त्यही शंकाको भरमै उनले दुई जनाको हत्या गरेको देखियो ।’

ढुंगा र बाँसको प्रहारबाट दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । हत्यापछि विजय फरार भएका थिए । तर प्रहरीको तैनाथी र स्थानीयले समेत घेराबन्दी गरेपछि नजिकै रहेको कुलबाँध सामुदायिक वनमा लुकेर बसेको अवस्थामा आइतबार राती नै पक्राउ गरिएको डीएसपी बस्नेतले जानकारी दिए । ‘हामीले उनलाई पक्राउ गर्न सफल भएका छौ,उनले आफन्तहरुलाई फोन गरेर भाग्ने योजना बनाएका रहेछन्,तर स्थानीयको समेत सहयोग भएपछि तत्कालै पक्राउ गर्न सफल भयौ ।’ बस्नेतले भने ।

अभियुक्त तामाङ यस अघि पनि यस्ता क्रियाकलपमा संलग्न हुँदै आएका थिए । २०६५ सालमा स्थानीय शम्भु तामाङलाई खुकुरी प्रहार गरेको आरोपमा उनको विरुद्ध इलाका प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 1,110 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
८१ वर्षीय रसिंह व्यञ्जनकारले वडा अध्यक्षमा दिए उम्मेदवारी