१ सय ८ वर्षिय यादवको निधन

सप्तरी, राजविराज । सप्तरीका एक बरिष्ठ ज्येष्ठ नागरिकको बुधबार बिहान आफनै घरमा निधन भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका १४ निवासी १ सय ८ बर्षिय दुखो यादवको घरमा सुतेकै अवस्थामा बिहान ४ बजे तिर निधन भएको हो ।

केहि दिन यता उनी अस्वस्थ रहदै आएको नाती सुर्य नारायण यादवले बताए । उनी उक्त वडाका वडाध्यक्ष सत्य नारायण यादवका पिता समेत हुन् । जिल्लाकै सबभन्दा बढी उमेरका भनी अनुमान गरिएका यादवको निधनपछि बुधबार नै सप्तकोशी किनारमा उनको अन्तिम संस्कार गरिएको छ ।

जेठा छोरा रामप्रसादले दागबती दिए । उनका पत्नी, ३ छोरा र दुई छोरी छन् । मधेश प्रदेशका समाजिक विकास मन्त्री नवल किशोर साह, जसपाका केन्द्रिय कार्यकारिणी समितिका सदस्य एवं राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश प्रसाद साह जसपा मधेश प्रदेश समितिका सदस्य सुरजित सिंह गुडु जसपाका जिल्ला अध्यक्ष केदार यादव लगायत ठुलो संख्यामा जसपाका नेता कार्यकर्ता र स्थानिय उनलाई श्रद्घा ञ्जली दिन कोशी किनार पुगेका थिए ।

मन्त्री साहले यादवको निधनले स्थानिय समाजलाई ठुलो क्षति पुगेको बताए, अन्त्यन्तै सरल, राम्रा व्यक्ति हुनुहुन्थ्यो, हाम्रो लागी ठुलो क्षति हो, मन्त्री साहले भने । हनुमानानगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहले भने, उनको निधनले दल विशेष मात्र नभएर विकास र सदभाव चाहने सबैलाई क्षति भएको छ ।

राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवले स्थानिय समाजमा उनले थालेको अभियानलाई पुरा गर्न सकेमा सच्चा श्रद्घाञ्जली हुने बताए । जसपा निकट तथा विभिन्न सामाजिक संस्थामा आवद्घ भई समाज सेवा समेत गर्दै आएका यादवको शव यात्रामा विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ताका साथै ठुलो संख्यामा सर्वसाधारण सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 872 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरको शुक्लाफांटामा प्रमुख एमाले उपप्रमुख काङ्ग्रेस निर्वाचित