यी हुन् कांग्रस बैठकमा छलफल भएका ९ प्रस्ताव


काठमाडौं । स्थानीय चुनाव तयारी सम्बन्धि प्रस्ताव स्थानीय निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय स्वागत गर्दै बैठक सम्पूर्ण एकता र सम्पूर्ण सक्रियता साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको केन्द्रीय कार्यसम्पादन समितिले जनाएको छ ।

यसका लागि दुईवटा समितिहरु गठन गरिएको छ । स्थानीय निर्वाचन मूल तयारी समिति – संयोजक, घोषणा पत्र तयारी समिति – संयोजक लगायत समितिहरु गठन गरिएको जनाएको छ ।
बैठकमा विभिन्न ९ वटा प्रस्तावमाथि छलफल भएको कांग्रेसले जनाएको छ।

यी हुन् कांग्रेस बैठकमा छलफल भएका ९ प्रस्ताव

१) स्थानीय चुनाव तयारी सम्बन्धि प्रस्ताव स्थानीय निर्वाचन बैशाख ३० मा गर्ने सरकारको निर्णय स्वागत गर्दै यो बैठक सम्पूर्ण एकता र सम्पूर्ण सक्रियता साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गर्दछ । त्यस क्रममा निम्नानुसारका समितिहरु गठन गरिएको छ
• स्थानीय निर्वाचन मुल तयारी समिती – संयोजक
• घोषणा पत्र तयारी समिति – संयोजक लगायत समितिहरु निम्नानुसार गठन गरिएको छ।

२) संगठन सुदृढीकरण एवं निर्वाचन तयारी केन्द्रित राष्ट्रव्यापी अभियान
अघि बढाउने सम्बन्धमा ।

३) सभापति पद रिक्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था तथा अन्य भातृ एवं
शुभेच्छुक संस्थालाई गतिशील तुल्याउने सम्बन्धमा ।

४) विभिन्न भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृत गर्ने सम्बन्धमा ।

५) केहि नयाँ भ्रातृ एवं शुभेच्छक संस्थालाई मान्यता प्रदान गर्ने सम्बन्धमा ।

६) १४ औं महाधिवेशन पश्चात् निश्चित गर्ने गरि अधिवेशन क्रममा थाति
राखिएका कृयाशिल सदस्यहरुको व्यवस्थापन सम्बन्धमा ।

७) नयाँ कृयाशिल सदस्यता वितरण सम्बन्धमा ।

८) केन्द्रीय अनुशासन समिति गठन सम्बन्धमा ।

९) बाँकी जिल्ला (क्षेत्र र पालिका समेतको) अधिवेशनको नयाँ मिति घोषणा
गर्न केन्द्रीय निर्वाचन समितिलाई आग्रह गर्ने सम्बन्धमा ।

तपाइको प्रतिक्रिया
(Visited 426 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मधेसवादी दल मधेसमै कमजोर