चौथो राष्ट्रिय स्की च्याम्पियनसिप मुस्ताङमा

हिमाली जिल्ला मुस्ताङमा चौथो राष्ट्रिय स्की च्याम्पियनसिप हुने भएको छ । च्याम्पियनसिप सोमबार र मंगलबार हुने छ । नेपाल स्की संघले दोस्रो र तेस्रो च्याम्पियनसिप पनि मुस्ताङमा नै भएको थियो । सो च्याम्पियनसिपमा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बिहिबार विदाई गरे । उनी नेपाल स्की संघका अध्यक्ष पनि हुन् ।
संघले मुस्ताङलाई स्की हबका रुपमा विकास गर्ने योजना बनाएको छ । साथै हिउ पर्यटनका लागि पनि मुस्ताङको सम्भावना रहेको छ । पहिलो राष्ट्रिय स्की च्याम्पियनसिप भने रसुवाको लाङटाङ क्यानजेनमा भएको थियो ।
काठमाडौंमा बिहिबार भएको विदाई कार्यक्रममा होसियारीपूर्वक अनुशासित भएर च्याम्पियनसिपमा सहभागी हुन अनुरोध गरे । सो विदाई कार्यक्रममा स्की संघका महासचिव विजय श्रेष्ठ, कोषाध्यक्ष जितेन्द्र श्रेष्ठ, कार्यकारी सदस्य अर्जुन महर्जनको उपस्थिति थियो । ३० जना खेलाडीको सहभागीता हुदैन छ । अफिसियलमा निरज श्रेष्ठ र अर्जुन महर्जन मुस्ताङ प्रस्थान गरेका छन् ।
मुस्ताङ जिल्ला स्कीका लागि आवश्यक पर्ने पुर्वाधार रहेकाले सो जिल्लालाई छनोट गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

कुरी-कुरी