खुट्टा भाँचियो तर, रोकिएन बिनु शाक्यको नृत्य


काठमाडौं । गत महिना काठमाडौंमा मिसेस वल्र्ड नेपाल २०२२ को फाईनल हुँदै थियो । सो समारोहमा अग्रज अभिनेत्री गौरी मल्ललाई मिसेस इन्टरनेशनलको अनर प्रदान गरिँदै थियो । उनको सम्मानमा मोडल तथा कलाकार बिनु शाक्यले गौरीका केही गीतमा नृत्य प्रस्तुत गर्नु पर्ने थियो । जसका लागि उनले केही दिन अभ्यास पनि गरिन् ।

जब कार्यक्रमको मिति नजिकियो । नृत्य अभ्यास गर्दा गर्दै उनको देब्रे खुट्टा ‘फ्याक्चर’ भयो । उनले खुट्टामा प्लास्टर गरेर एक महिना भन्दा बढी आराम गर्नु पर्ने थियो । तर यी कलाकारले खुट्टामा प्लास्टर लगाएकै अबस्थामा आएर कार्यक्रम स्थलमा नृत्य प्रस्तुत गरिन् । त्यतिबेला आफ्नो खुट्टालाई असर नपरोस् भनेर निकै हलुकासँग नृत्य प्रस्तुत गरेकी थिईन् ।

यसरी खुट्टा फ्याक्चर भएर आराम गर्दै गर्दा नृत्य प्रस्तुत गरेकी बिनु शाक्यको सो प्रस्तुति पछि खुट्टाको दुखाई झनै बढ्यो । तर, त्यतिबेला सोल्टी होटलमा उनले जीवन्त नेपाल म्युजिक अवार्डमा पनि आफ्नो नृत्य प्रस्तुत गर्नु पर्ने थियो । तर, यसपटक उनले प्लास्टर गरेको खुट्टालाई असर नपर्ने गरी बेली नृत्य प्रस्तुत गरेर दर्शकको वाहवाही बटुलिन् ।

बेली डान्समा नेपालकी कुशल नृत्य कलाकारको रुपमा चर्चा कमाएकी बिनुले अवार्ड समारोहमा भने खुट्टालाई असर पर्ने गरी नृत्य गरिन् । सो कार्यक्रममा कम्बर र र शरीरका विभिन्न अँगहरु हल्लाएर बेली डान्स प्रस्तुत गर्दा उनको खुट्टामा त्यति भार परेन । जसका कारण ब्यान्डेज लगाएको खुट्टाका साथ पनि उनी स्टेजमा उत्रन सफल भईन् ।

उनले काठमाडौंका यी दुई कार्यक्रम मात्र हैन, दुई साता अघि झापाको कारागारमा पनि त्यहाँका कैदीलाई मनोरञ्जन दिन यस्तै बेली डान्स प्रस्तुत गरिन् । अन्य नृत्यका तुलनामा बेली डान्समा खुट्टालाई त्यति धेरै भार नपर्ने भएकाले पनि खुट्टा फ्याक्चर भएकै अबस्थामा बेली डान्स गर्न आफु सफल भएको उनले बताएकी छिन् ।

ब कार्यक्रमको मिति नजिकियो । नृत्य अभ्यास गर्दा गर्दै उनको देब्रे खुट्टा ‘फ्याक्चर’ भयो । उनले खुट्टामा प्लास्टर गरेर एक महिना भन्दा बढी आराम गर्नु पर्ने थियो । तर यी कलाकारले खुट्टामा प्लास्टर लगाएकै अबस्थामा आएर कार्यक्रम स्थलमा नृत्य प्रस्तुत गरिन्

यो माघ महिनामा कार्यक्रम कम भएपछि उनले आराम गर्ने अबसर पाएकी छिन् । करिब चार हप्ताको आरामपछि यतीबेला भने आफ्नो खुट्टाको फ्याक्चर ठिक भएको यी मोडलले बताएकी छिन्,‘अब भने राम्ररी नृत्य गर्न सक्छु । यस अघि मैले जोखिम मोलेरै नृत्य गरें । जुन मेरो मुर्खता पनि थियो ।’ उनले हास्दै राजधानीसँग भनिन् ।

केही दिन अघि मात्र चितवनको नारायणघाटमा रोटरी क्लबको एउटा कार्यक्रम थियो । सँयोगले त्यतिबेला उनको खुट्टाको प्लाटर डक्टरले काटिदिए । चितवनको कार्यक्रममा भने आफुले नृत्य प्रस्तुत गर्न सकेको उनले बताईन् ।

अहिले यी कलाकार म्युजिक भिडियोको छायाँकनमा नियमित सक्रिय भएकी छिन् । अहिले भने खुट्टाको पीडा कम भएकाले काम गर्न सक्ने भएको उनले बताईन् । डक्टरले अब स्टेजमा राम्ररी डान्स गर्न सक्ने सल्लाह दिएका कारण फागुनको पहिलो साताबाट हुने कार्यक्रममा उनी अनुबन्धित भएकी छिन् । पीडाको बीच पनि जोखिम मोलेर काम गर्न सफल भएकामा उनले यसलाई पछुतो मानेकी छैनन् । कलाकार भएपछि यस्तो अबस्थामा पनि काम गर्नु पर्ने उनको कथन छ । नृत्यमा ढेड दशक भन्दा लामो समयदेखि काम गर्दै आए पनि यस्तो पीडामा पहिलो पटक कम गरेको बिनुले बताएकी छिन् । हजार भन्दा बढी स्टेज कार्यक्रम गरेकी बिनुले पाँच दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 719 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरका ४ महिलालाई पालिका र वडा हाँक्ने जिम्मेवारी