लन्डन । इंग्लिस प्रिमियर लीग फुटबलमा लिभरपुल र आर्सनल विजयी भएका छन् । लिभरपुलले आफ्नो पछिल्लो खेलमा लेष्टर सिटीमाथि २–० को जित निकालेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा दुबै गोल डिएगो जोटाले गरेका थिए । उनले ३४औं र ८७औं मिनेटमा गोल गरेका थिए । जितसँगै दोस्रो स्थानको लिभरपुलले २३ खेलबाट ५१ अंक जोडेको छ ।
उता अर्को खेलमा आर्सनलले उल्फ्सलाई १–० ले हरायो । अवे मैदानमा आर्सनलका लागि २५औं मिनेटमा गेबरियलले गरेको गोल नै निर्णायक रह्यो । त्यस्तै ६९औं मिनेटमा मार्टिनेलीले रेड कार्ड पाएपछि आर्सनल दश खेलाडीमा सीमित भएको थियो । जितसँगै आर्सनल २२ खेलबाट ३९ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ । शीर्ष स्थानको म्यानचेष्टर सिटीको २४ खेलबाट ६० अंक छ ।
तपाइको प्रतिक्रिया
(Visited 382 times, 1 visits today)