कांग्रेस प्रवक्ता महतले भन्छन्, कम्युनिस्टहरू जतिबेला पनि मिल्न सक्छन्

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचन आउन लागेकाले सतर्क रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । कम्युनिस्ट पार्टी जुनसुकै बेला मिल्न सक्ने भन्दै उनले निर्वाचनमा पार्टीलाई जिताउन सतर्क भएर बस्न आग्रह गरेका हुन् । 

पूर्व सांसद स्वर्गीय एकनाथ रानाभाटको प्रथम स्मृति सभामा सहभागी हुन शनिबार चितवन आएका महतले काँग्रेसको जिल्ला अधिवेशनले स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्न पनि नहुने बताए । कांग्रेस चितवनको जिल्ला अधिवेशन १३ फागुनमा गर्ने कांग्रेसले निर्णय गरेको छ ।

पार्टीको लक्ष्य प्राप्तिको लागि निर्वाचन जित्नै पर्ने भन्दै उनले एक ढिक्का भएर निर्वाचनमा केन्द्रित हुन आग्रह गरे । ‘कम्युनिस्टहरू जतिसुकै झगडा गरे पनि तुरुन्तै मिलेर भोट हाल्न सक्छन्’, उनले भने, ‘यसतर्फ कांग्रेस सतर्क हुनुपर्छ ।’

नेता महतले गठबन्धनको स्थायित्वका विषयमा कांग्रेसले आवश्यकताका आधारमा निर्णय लिने बताए । ‘निर्वाचनमा गठबन्धन गर्दैनौं भन्यो भने कम्युनिस्टहरू मिल्न सक्छन्’, उनले भने, ‘त्यसको विषयमा कांग्रेसले पछि निर्णय लिने छ ।’ 

फरक प्रसंगमा बोल्दै उनले एमसीसी सम्झौताको पक्षमा सबै दलहरूको समर्थन रहे पनि केही अमुक मान्छेहरूले गलत प्रचार गरिरहेको आरोप लगाए । पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका महतले एमसीसी सम्झौता संसदबाट पास भए नेपालमा अमेरिकी सेना आउँछ भन्ने गलत कुरा भएको बताए ।

‘एमसीसीका ’boutमा अहिले भएको विरोध नियोजित हो’, उनले भने, ‘एमसीसीलाई राजनीतिकरण गर्न खोजियो ।’ सरकारले ल्याएका प्रस्ताव संसद‍्मा टेबुल गराउनु सभामुखको दायित्व रहेको भन्दै उनले सरकारले ल्याएको प्रस्तावमा सभामुखले म यो संसद‍्मा पेस गर्छु, यो गर्दिनँ भन्न नमिल्ने बताए । 

तपाइको प्रतिक्रिया
(Visited 283 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
समाजवादी ५२, माओवादी २६, एमाले १० र कांग्रेस २ जिल्लामा शून्य