काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा ओमानले लगातार दोस्रो जित हात पारेको छ । मोहम्मद नदीमको अलराउन्डर प्रदर्शनमा ओमानले बिहीबार अमेरिकालाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । यसअघि ओमानले बुधबार नेपाललाई १८ रनले पराजित गरेको थियो ।
अमेरिकाले दिएको २ सय १४ रनको लक्ष्य ओमानले ४९ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा ग¥यो । अकिब इलियासले सर्वाधिक ७२ रनको योगदान दिए । मोहम्मद नदिम ८५ बलमा २ चौका र १ छक्कासहित ५५ रनमा अविजित तथा सुरजकुमार ३३ रनमा अविजित रहे । पहिलो खेलमा नेपालविरुद्ध अर्धशतकीय अविजित इनिङ खेलेका नदिमले आफ्नो लयलाई निरन्तरता दिँदै टोलीको जित पक्का गरे । ओपनर जतिन्दर सिंह ४ रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि खावर अली र अकिबले ६६ रनको साझेदारी गर्दै इनिङ उकासे । खावर अली ३१ रनमा तथा करिमा गोर ११ रनमा क्याच आउट भए । अमेरिकाका सौरभ नेत्रवलकार, रस्टी थेरन, स्टिभ टेलर र इयान होल्यान्डले समान १–१ विकेट लिए ।
त्यसअघि त्रवि क्रिकेट मैदनमा टस हारेर ब्याटिङ गरेको अमेरिका ५० ओभरमा अल आउट हुँदै २ सय १३ रनका सम्मानजनक योगफल तयार पारेको थियो । इयान होल्यान्डले सर्वाधिक ६५ रनको योगदान दिए । एक समय १६ ओभरमा ५४–४ को कमजोर अवस्थामा पुगेको अमेरिकालाई पाँचांै विकेटका लागि इयन होल्यान्ड र अक्षय होमराजले ८२ रनको महŒवपूर्ण साझेदारी गर्दै इनिङ् उकासेका थिए ।
अक्षयलाई ४४ रनमा बोल्ड आउट भए । जेभियर मार्सल १३ रनमा आउट भए । स्टिभ टेलर ४ रनमा तथा आरोन जोन्स १२ रनमा बोल्ड आउट भएपछि अमेरिका ४८–३ को कमजोर अवस्थामा पुगेको थियो । मोनक पटेल १९ रनमा क्याच भए । तल्लोक्रममा तिमिल पटेल १६, कप्तान सौरभ नेत्रवलकार १४ र रस्टी थेरनले १० रनको योगदान दिए । ओमानका मोहम्मद नदिमले ३ विकेट तथा जिसान मकसुद, बिलाल खान र अकिब इलियास समान २–२ विकेट लिए । कलिमुल्लाहले एक विकेट आफ्नो नाममा लेखाए । अब शनिबार नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदै छ ।