एमसीसी माथी गम्भीर छलफल गर्न माग गर्दै भीम रावलले लेखे ओलीलाई पत्र

काठमाडौं । नेकपा एमाले नेता तथा सांसद डा. भीमबहादुर रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । उनले एमसीसीका विषयमा पार्टीभित्र गम्भीर छलफल गरिनुपर्ने माग राख्दै पत्र लेखेका हुन् ।

उनले पत्रमा एमसीसीका कैयौ प्रवधानहरू नेपालको सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता, स्वाभिमान, नेपालको संविधान र कानुन विपरित रहेको दाबी गरेका छन् । त्यसैले यस विषयमा गहन छलफल हुनुपर्ने बताएका छन् ।

आज बसेको पार्टीको संसदीय दलको बैठकमा रावलले उक्त माग गरेका हुन् । उनले आजको बैठकमा आफूले महाअभियोग लागेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोक्न नहुने कुरा राखेको पनि उल्लेख गरेका छन् । जनताको गम्भीर चासो र सरोकारको विषयमा पार्टीले नजरअन्दाज गर्न नहुने नेता रावलको टिप्पणी छ ।

तपाइको प्रतिक्रिया
(Visited 432 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नगर प्रमुख आचार्यको घोषणा : ईश्वरपुरमा रंगशाला निर्माण हुने