गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारबाट ‘क्यालिब्रेसन फ्लाइट’

काठमाडौं । बहुप्रतिक्षित निर्मार्णाधिन राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यही शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने भएको छ । आगामी १५ फागुनसम्म सो विमानस्थलमा यस्तो क्यालिब्रेसन फ्लाइट हुने नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले बुधबार एक सूचना जारी गरी मुलुकको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यस विमानस्थमा क्यालिब्रेसन फ्लाइट हुन लागेको जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार आगामी १० दिनसम्म सञ्चालन हुने यस्तो उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई)ले पाएको छ । जसका लागि एरो थाइको विमान बिहीबार बैंकबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । त्यसपछि सो विमानले काठमाडौंदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान भर्ने प्राधिकरणले जनाएको छ ।

यस्तो उडानका कारण आगामी १० दिनसम्म सो विमानस्थलमा हाल सञ्चालित नियमित आन्तरिक उडानमा भने केही ढिलाइ हुन सक्ने भएकाले सोहीअनुसारको यात्रु सेवा व्यवस्था मिलाउन भन्दै प्राधिकरणले सम्बन्धित वायुसेवा कम्पनीलाई जानकारी गराएको बताएको छ ।

प्राधिकरणका अनुसार अहिले सो विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ । अब एनएभी, एआईडीएसलगायत विभिन्न प्रविधि जडानको काम हुने छ । जसका कारण आगामी १५ फागुनसम्म नियमित अन्य उडान तथा अवतरणको समय भने केही ढिलो हुन सक्ने बताइएको छ । यसबाट सम्बन्धित वायुसेवा कम्पनी तथा यात्रुलाई पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको जनाएको छ ।

यस्तो, परीक्षण उडानपछि नियमित मात्र नियमित अन्तर्राष्ट्रिय उडान भर्ने तयारीमा प्राधिकरण जुटेको छ । यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएपछि विभिन्न मुलुकबाट नेपाल आउने वायुसेवाका लागि काठमाडांैको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलको विकल्पको रूपमा यो अर्को अन्तर्राष्ट्रिय उडान तथा अवतरणको गन्तव्य विमानस्थल हुनेछ ।

जसका कारण अहिले जस्तो अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समस्या भएर उडान अवतरण हुने नसकिएको अवस्थामा विभिन्न देशबाट नेपाल आएका अन्तर्राष्ट्रिय उडानका विमानलाई लामो समय आकाशमा होल्ड गर्नुपर्ने र भारतका अन्य विमानस्थलतर्फ जहाज ड्राइभट गर्नुपर्ने बाध्यात्मक अवस्था हुनेछैन ।

बैकल्पिक उपाए स्वरूप अब काठमाडौंमा अवतरण हुन नसकेको अन्तर्राष्ट्रिय उडानमा सञ्चालित विमानलाई पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउन सकिनेछ ।

अहिले यस्तै खालका वैदेशिक लगानी तथा उनीहरूको ऋण एवं आर्थिक अनुदान सहयोगमा निर्माण हुने अमेरिकन मिलेनियम च्यालेन्ज परियोजना (एमसिसी)को विरोधमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् । बुधबार विरोध प्रदर्शनमा उत्रिएकाले विभिन्न नारा लगाउँदै बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनको क्रममा प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा र अश्रु ग्याँस हानेर भिड नियन्त्रणको प्रयास गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 406 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा चार पालिका जित्दै रेशम चौधरीको दल बन्यो पहिलो