आहा ! रारामा ‘अनलक्की’ आर्मी

पोखरा। नेपाली घरेलु फुटबलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई हरेक प्रतियोगितामा उपाधि दावेदार टोलीको रुपमा हेरिन्छ । आर्मीले नेपालभर सहभागिता जनाएको हरे प्रतियोगिताको उपाधि जितिसकेको छ । तर, आर्मीले सहभागिता जनाएर पनि जित्न नसकेको दुई प्रतियोगिता छन् ।

घरेलु फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग र मोफसलकै चर्चित र बहुचर्चित पोखरामा आयोजना हुने आहा रारा गोल्डकपको उपाधि जित्न सकेको छैन । उपाधि नजिकै पुगेर पनि दुई प्रतियोगिता जित्न नसक्नुले आर्मीलाई ‘अनलक्की’ को संज्ञा दिइएको छ । भनौ लिग र आहा रारामा अनलक्की सावित भएको छ ।

फागुन पहिलो साता सम्पन्न भएको कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मी उपाधि नजिक पुगेर पनि चुकेको थियो । लिगको अन्तिम खेल (फाइनल) सरह नै रहेको खेलमा आर्मीलाई च्याम्पियन बन्न बराबरी नै पर्याप्त रहेको थियो । तर, बिकास तामाङको एकमात्र आत्मघाती गोलले आर्मी सानमिगेल मछिन्द्र क्लबसँग १–० ले पराजित हुदै लिग च्याम्पियन बन्नबाट चुकेको थियो ।

त्यसअघि २०६३ मा पनि आर्मीलाई पहिलोपटक लिग च्याम्पियन बन्ने अवसर थियो । अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई बराबरीमा रोकेपनि च्याम्पियन बन्न सक्ने आर्मीले पुलिसलाई १–० ले नतिजा सुम्पदा आर्मी लिग च्याम्पियन बन्नबाट वञ्चित बनेको थियो । यस्तै अवस्था आर्मीलाई आहा रारा गोल्डकपमा रहेको छ । क्याराभान गोल्डकपसहित अहिले १८औं संस्करण चलिरहँदा आर्मीले १४ पटक सहभागिता जनाएको छ । जसमा आर्मीले चारपटक फाइनलमा पराजित भएको इतिहास छ ।

आर्मी फाइनलमा सातौ संस्करणमा पुलिससँग ५–० ले पराजित भएको थियो । आठौंमा पनि आर्मी पुलिससँगै १–० ले पराजित हुदै उपाधि विमुख बनेको थियो । १४औं संस्करणमा आर्मी मनाङसँग १–० ले स्तब्ध हुदा १७औं संस्करणमा थ्री स्टारसँग पेनाल्टी सुटआउटमा ५–४ ले स्तब्ध हुदै आहा रारामा उपाधि विमुख बनेको थियो । यो संस्करणमा आर्मी सेमिफाइनलभन्दा अघि बढ्न सकेन ।

गत संस्करण फाइनलमा दुईपटक अग्रता लिएर पनि निर्धारित समयमा २–२ गोलको बराबरीमा खेल टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जसमा थ्री स्टारले बाजी मारेको थियो ।
प्रशिक्षक नवीन न्यौपानेले लिग र आहा रारा गोल्डकप जित्न नसक्नु आर्मी ‘अभागी’ रहेको बताए । ‘हामी लिग र आहा रारामा ‘अनलक्की’ नै सावित भएका छौं । जित नजिकै पुगेर पनि हामी चुकिरहेका छौं ।

‘सधै त्यस्तो अवसर आउदैन । राम्रो टोली हुदा हुदै पनि हामी चुकिरहेका छौं ।’ मनाङविरुद्ध सेमिफाइनलमा पराजित भएपछि प्रशिक्षक न्यौपानेले भने, ‘राम्रो खेल्दा खेल्दै पनि हामी चुकिरहेका छौं । भाग्यले पनि साथ दिनुपर्छ जस्तो लाग्छ । यसपटक कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण सम्भवत वर्षको यो नै अन्तिम गोल्डकप होला । हामी आहा रारा गोल्डकप जितेर वर्षको अन्त्य गर्ने सोचमा थियौ ।

तर पुरा भएन ।’ आर्मीसँग पछिल्लो दुईवर्ष यता, स्टार खेलाडीहरु कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, सुमन अर्याल, बिकास खवास, सन्तोष तामाङ, सेसेहाङ आङदेम्वे, टंक बस्नेत, टेक बहादुर बुढाथोकी, दिनेश हेन्जन र बिकेश कुथुजस्ता नाम चलेका खेलाडीहरुको साथ रहेको छ । तर, पनि लिग र आहा रारामा आर्मी च्याम्पियन बन्न सकेको छैन । प्रशिक्षक न्यौपानले सेमिफाइनलमा मनाङसँग पराजित हुँदा पहिलो रोजाईका गोलरक्षक बिकेश कुथुको अभाव खड्किएको समेत बताए ।

 

 

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दसैं टिकटमा सधैं सास्ती

कुरी-कुरी