Friday, June 18, 2021
Home प्रदेश घरआँगनमै प्रसुति भवन, पाचालाका महिला हर्षित

घरआँगनमै प्रसुति भवन, पाचालाका महिला हर्षित

,

दैलेख । ठाटिकाँध गाउँपालिका– ६ को पाचालामा बर्थिङ सेन्टर बनेपछि स्थानीय महिला हर्षित भएका छन् । सुरक्षित सुत्केरीका हुनका लागि घरआँगनमै बर्थिङ बनेपछि स्थानीय महिला हर्षित भएका हुन् ।
नेपाल सरकारले ल्याएको निति अनुसार नै ठाटिकाँध गाउँपालिको लगानीमा पाचालामा १४ लाखको लगानीमा ३ कोठे प्रसुति गृह निर्माण गरिएको ठाटिकाँध गाउँपालिका –६ का वडाअध्यक्ष मनबहादुर सिजापतिले बताए ।

आर्थिक बर्ष ०७५/०७६ को विनियोजित बजेटबाट हामीले प्रसुति भवन बनाएका हौं । सुरक्षित सुत्केरी हुन लागि १ घण्टा टाढा प्राथमिक स्वास्थ्य केन्द्रमा जानुपथ्र्यौ । घर आँगनमै पक्की प्रसुति भवन बनेपछि सुरक्षित सुत्केरी गराउन सजिलो भएको छ ,उनले भने ।

नजिक प्रसुति भवन टाढा हुँदा कतिपय महिलाले बाटो बच्चा जन्मिथे । घर आँगनमै प्रसुती भवन बनेपछि गाउँका सबै महिला प्रसुती भवनमै बच्चा जन्माउन जान थालेको वडाअध्यक्ष सिजापतीको भनाई छ । नजिकै प्रसुती गृह हुँदा गर्भवती जाँच गराउने,खोप लगाउने महिला र बालबालिकाको संख्यामा समेत बृद्धि भएको छ । सबै महिला र बालबालिकाले सम्पुर्ण खोप लगाउने गरेको कोही पनि बालबालिका र गर्भवती महिला अन्य मानिस आधारभुत स्वास्थ्य सेवाबाट बञ्चित नभएको वडाअध्यक्ष सिजापतिको दाबी छ ।

चालु आर्थिक बर्षमा बर्थिङ सेन्टरमा ९ लाख ५० हजारको एटेच बाथरुम १ वटा र दुईवटा टवाईलेट समेत निर्माण भईसकेको छ । प्रसुती भवनको वरिपरि घेरवार गर्ने बाँकी रहेपनि,तीन धारा पानी टयांकी,फोहोरमैला व्यवस्थापन खाल्डो, सालानाल फाल्ने खाल्डो समेतको काम सम्पन्न भईसेकेको वडाअध्यक्ष सिजापतीले जानकारी दिए । उनले भने,यो बर्षको हामीले प्रसुती भवनको ८५ प्रतिशत काम पुरा गरी रनिङ विल उठाई सकेका छौं केही दिनमा सबै काम पुरा हुन्छ ।

घरआँगनमा प्रसुती भवन निर्माण हुँदा हालसम्म २ सय जना महिलाले सुरक्षित सुत्केरी हुन स्वास्थ्य संस्थामा आएको अनमी सृजना कुमारी शाहीले बताईन । अहिले दलित नेटवर्कको भवनबाट सुरक्षित सुत्केरी गराईरहेका छौं । प्रसुती भवनमा टवाईलेट खानेपानी लगायत फोहोर फाल्ने खाल्डो व्यवस्थापन भईसकेकोले घेरवारपछि आफ्नै भवनबाट सञ्चालन हुने जानकारी दिईन ।

घरआँगनमै प्रसुति सेवा सञ्चालन भएपछि महिलालाई सजिलो भएको जुना कामीले बताईन । मैले यस अघिका बच्चा जन्माउने बेला ठाटिकाँध अस्पताल गयाँ । राती बेथा लाग्यो ।धेरै गाउँका मान्छेले दुःख पाए । यो बच्चा जन्माउने बेला गाउँकै अस्पतालमा बच्चा पाए । खानेकुरा लिएर गाउँका सबै दिदी बहिनी गए खुशी व्यक्त गरिन । कामी मात्र होइन सोही ठाउँकी ललिता बडुवाले पनि घर नजिकै प्रसुती भवन हुँदा खोप लगाउने गर्भवती महिलालाई समेतलाई सजिलो भएको बताईन । उनले भनिन,पहिला ठाटिकाँध जानुपथ्यौं ,कहिले खोप छुटथ्यो ।

आजभोली घर नजिकै हुँदा खोप छुटेको छैन । घरको काम समेत हुने गरेको छ उनले भनिन । ठाटिकाँध गाउँपालिका ६ नम्बर वडा विकास निर्माण सुशासन र पारदर्शितामा गाउँकै नमुना वडा बनेको ठाटिकाँध गाउँपालिकाका बुद्धिजिवी बताउँछ । गाउँका अधिकाँश जनप्रतिनिधीहरु ठेक्का पट्टा र पैसा कमाउन लागिपरेपनि सिजापति भने जनताकै काममा रातदिन नै लागि परेको ठाटिकाँध व्यापार सञ्चालन गरेका दिपक बुढाले बताए ।

उनले भने,सिजापति जस्तै अन्य वडाका वडाअध्यक्ष विकास गरिदिए,चुनावताका बेला जनतालाई दिएका आश्वासन पुरा हुन्छन । चुनावताका जनतालाई झुठा आवश्वसन दिई भोट फकाउने अधिकाँश वडाअध्यक्षले कार्यकर्ता पाल्ने काम बाहेक अरु काम नगरेको उनको आरोप छ । उनले थपे,मेरो भन्दा हाम्रो भन्ने वडाअध्यक्ष सिजापतिको सिको गरे जनचाहाना अनुसार नै काम बन्छ ।

दैलेखको ठाटिकाँध गाउँपालिका ६ मा १४ लाख लगानीमा बनेको प्रसुती भवन । गाउँमै प्रसुती भवन बनेपछि स्थानीय महिलामा खुशी छाएको छ भने स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी आउने महिलाको संख्यामा बुद्धि भएको छ ।

तस्वीर : भक्तबहादुर शाही / दैलेख

(Visited 131 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त...

साताका लोकप्रिय समाचार

बाजुराको एक सय भन्दा बढि गाउँ बाढी पहिरोको उच्च जोखिममा

बाजुरा । लगातारको बर्षाले बाजुरा जिल्लामा १ सय भन्दा बढी गाउँ बाढि पहिरोको उच्च जोखिममा रहेको छ । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार ९...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

प्रदेश १ मा घट्यो बजेटको आकार, ३२ अर्बको बजेट सार्वजनिक

  विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ३२ अर्ब भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना...

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

सुदूरपश्चिमले ल्यायो ३० अर्ब ३३ करोडको बजेट

  धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७८ का लागि ३० अर्बको बजेट ल्याएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले...

ट्रेन्डिङ

भारतीय मजदुर चढेको गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु

बाँके । बाँकेको राप्तीसोनारी – २ स्थित पूर्वपश्चिम राजमार्गको मुगुवा खोला नजिक गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य...

भोलिदेखि नेपाल र भारत दु्बै देशका सीमा नाका बन्द

काठमाडौं । सरकारले भारत र चीन दुबै तर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । भोलि विहान १० बजेबाट...

प्रशासन सुधारमा सरकारी बेवास्ता

मुलुकको स्थायी सरकारको रूपमा रहेको निजामती प्रशासनको सुधारमा सरकारी बेवास्ताले सिंगो शासकीय प्रणालीको संस्थागत विकासमा गम्भीर समस्या सिर्जना हुन सक्ने देखिएको छ । सरकार...

सर्लाहीमा करेन्ट लागेर एक पुरुषकोे मृत्यु

सर्लाही । सर्लाहीमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका वडा नं. २ बस्ने ४५ वर्षीय राम ईश्वर...

‘केटु’ हिमालको सफल आरोहण गरि फर्किएकालाई यसरि गरियो सम्मान (फाेटाेफिचर)

काठमाडौं । संसारकै दोस्रो अग्लो हिमाल ‘केटु’ हिमालको जाडो मौसममा सफल आरोहण गरी विश्व नयाँ रेकर्ड बनाएका १० नेपाली आरोहीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई...

राष्ट्रपतिबाट विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएका महानुभावलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन...

प्रदेश १ मा सत्तापक्षबाटै संसद अवरुद्ध

मोरङ । प्रदेशसभाको बैठक सत्तापक्षबाट अवरुद्ध गरिएको छ । सभामुख प्रदिपकुमार भण्डारीले बैठक सुरु गर्न खोजेपछि मुख्यमन्त्री शेरधन राई निकट नेकपाका प्रमुख सचेतकलगायतका सांसदहरुले...

हिउँमा फसेका मजदुरको १४ दिनपछि सकुशल उद्धार

  रसुवा जिल्लाको गोसाइकुण्ड नजिकै हिउँमा फसेका सिन्धुपाल्चोकको एक मजुदरको १४ दिनपछि सकुशल उद्धार गरिएको छ । लकडाउन पछि हिडेरै घर फर्कदै गरेका बलेफी गाउँपालिका...

धनमायाका दुख : आठ सन्तानमा ४ चारको मृत्यु , ३ जना मानसिक रोगी

इलाम । इलामकी धनमाया तिम्सिनाले ८५ वर्षमा आकस्मिक खुसी भेटिन् । ४० वर्ष अघि बेपत्ता छोरा दिपक जेलमुक्त भएको खबरसंगै उनको घरमा खुसीको बहार...

विवाद मिलाउन एमालेमा बन्याे १० जनाकाे कार्यदल

काठमाडौं । नेकपा (एमाले) भित्रको विवाद मिलाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको छ। आज...

प्रदेश २ का विभिन्न जिल्लामा सलह कीरा प्रवेशबारे अध्ययन शुरु

जनकपुरधाम । प्रदेश नं २ का विभिन्न जिल्लामा सलह कीरा देखिएको सन्दर्भमा प्रदेशका कृषि वैज्ञानिकहरूले अध्ययन शुरु गरेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी...

काल बन्दै पोखरी : एक वर्षमा १२ बालबालिकासहित २२ जनाको डुबेर मृत्यु

सप्तरी, राजविराज । सप्तरीमा पोखरीमा डुबेर मृत्यु हुनेको संख्या एकासी बढेको छ । जेठ महिनामा मात्र ४ जनाको पोखरीमा डुबेर मृत्यु भएको छ ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)