कारागारका बन्दीलाई थुनामुक्त गराइदिने भन्दै ३३ लाख ठगी


इटहरी । कारागारमा रहेका कैदीलाई थुनामुक्त गराइदिने भन्दै ३३ लाख ठगी गरेको अभियोगमा इटहरी उपमहानगरपालिका–२० तरहराका मन्दु भनिने जसबहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार इटहरी–२० तरहराका लिम्बूलाई फागुन ३ गते पक्राउ गरिए पनि आइतबार मात्रै सार्वजनिक गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रारम्भिक अनुसन्धान गरेर सार्वजनिक गरिएको खड्काले बताए । ‘कर्तव्य ज्यान मुद्दाको केसमा प्रहरी र न्यायाधीश आफ्नो मान्छे छ मिलाइदिन्छु भन्दै ठगी गरेको खुलेको छ,’ डीएसपी खड्काले भने, ‘पटकपटक गरेर ३३ लाख रुपैयाँ दिएको खुलेको छ, अर्का एक व्यक्ति फरार छन् ।’ डीएसपी खड्काका अनुसार इटहरी १२ खनार बस्ने तारा कार्की (पुरी)का श्रीमान सुरेन्द्र पुरी र देवर बालकृष्ण पुरीलाई कारागारबाट छुटाइदिन्छु भन्दै ठगी गरेको खुलेको छ ।

इटहरी १२ कै भरत चौधरीमार्फत पीडित लिम्बूकहाँ पुगेको र उनीहरूले पटकपटक गरी ठगी गरेको प्रहरीले जनाएको छ । कर्तव्य ज्यान मुद्दामा जिल्ला कारागर तेह्रथुममा रहेका सुरेन्द्र र बालकृष्ण पुरीलाई थुनामुक्त गराइदिन्छौं भन्दै प्रलोभनमा पारेको पीडितको भनाइ छ । आफूले जग्गा बन्धकी राखेर सो रकम उपलब्ध गराएको प्रहरीको जाहेरीमा उल्लेख गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
‘आरोपितमध्येका भरत चौधरी फरार छन्, उनले फोनमा बोलेको अडियो पनि हामीसँग सुरक्षित छ,’ डीएसपी खड्का भन्छन्, ‘फरार चौधरीको खोजी कार्य भइरहेको छ, पक्राउ परेकामाथि पनि थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार केही साताअघि मात्रै तेह्रथुम जिल्ला अदालतले पुरीलाई २५ वर्ष कैद सजाय तोकेपछि घटना बाहिरिएको हो । ‘कैद तोकिएपछि मान्छे किन निस्किएन भन्दै पीडितले सोधेपछि घटना बाहिरियो,’ खड्काले भने, ‘त्यसपछि हामी ठगीमा परेछौं भनेर उहाँहरूले उजुरी गर्नुभयो, सो आधारमा पक्राउ गरेका हौं ।’ पक्राउ परेका लिम्बुमाथि सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 378 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुटवल उपमहानगरपालिका : एमालेलाई विरासतको चिन्ता, कांग्रेस किल्ला तोड्ने दाउमा