व्यापार घाटा झन्डै १० खर्ब १६ अर्ब

काठमाडौं । चालू आर्थिक वर्षको सात महिना (साउनदेखि माघ मसान्तसम्म) मा व्यापार घाटा बढेर १० खर्ब १५ अर्ब रुपैयाँभन्दा धेरैले नाघेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको गत माघ मसान्तसम्म मुलुकको कुल व्यापार घाटा बढेर १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख २५ हजार रुपैयाँ पुगेको हो ।

भन्सार विभागका अनुसार गत आवको सोही अवधिमा व्यापार घाटा जम्मा ७ खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख रुपैयाँबराबरको थियो । अहिले गत आवको भन्दा झन्डै ३ खर्ब रुपैयाँले वृद्धि भएको छ । सो अवधिमा झन्डै साढे ११ खर्ब रुपैयाँबराबरको सामान आयात हुँदा मुलुकको व्यापार घाटा ३८ दशमलव ४५ प्रतिशतले बढेको हो ।

११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँको वस्तु आयात

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँबराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख रुपैयाँ बढीको आयात भएको थियो । भन्सार विभागका निर्देशक पुन्यविक्रम खड्काले पछिल्लो समय आयात अस्वाभाविक रूपमा बढेका कारण अहिले मुलुकको व्यापार घाटादर थप बढेको बताए ।

उनले अब यस्तो व्यापार घाटा दर घटाउनका लागि सरकारले स्वदेशी वस्तुको प्रवद्र्धनलगायत विभिन्न उपाए खोजिरहेको जानकारी दिए । विभागका अनुसार सो अवधिमा १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपैयाँबराबरको वस्तु निर्यात भएको देखिन्छ ।

गत आवको सोही अवधिमा नेपालबाट ६९ अर्ब ९१ करोड ७० लाख ८० हजार रुपैयाँबराबरको सामान निर्यात भएको थियो । चालू आर्थिक वर्षको बितेका सात महिनाको अवधि गत माघ मसान्तसम्ममा नेपालको वैदेशिक व्यापार ४६ दशमलव ४३ प्रतिशतले बढेको छ ।

यस अवधिमा वैदेशिक व्यापार बढेर १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख ४७ हजार रुपैयाँबराबर पुगेको विभागले जनाएको छ । गत आवको सोही अवधिमा ८ खर्ब ७३ अर्ब ५६ करोड २ लाख ७२ हजार रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा नेपालमा विभिन्न १ सय ४५ वटा देशबाट वस्तु तथा सामान आयात भएको छ । यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको देखिएको छ ।

चालू आवको सात महिनामा नेपालले भारतबाट ६ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख रुपैयाँ बढीको वस्तु तथा सामान आयात गरेको छ । सोही अवधिमा नेपालले १ खर्ब ६ अर्ब ३५ करोड ८३ लाख रुपैयाँबराबरको वस्तु तथा सामान निर्यात गरेको छ । यो अवधिमा नेपालको भारतसँग मात्रै ५ खर्ब ८९ अर्ब ८८ करोड ६० लाख रुपैयाँ बढीको व्यापार घाटा बेहोरेको छ । भारतपछि यसरी धेरै मात्रामा आयात चीनबाट भएको छ ।

चीनबाट यो अवधिमा १ खर्ब ६५ अर्ब २३ करोड ७७ लाख रुपैयाँबराबरको वस्तु तथा सामान आयात भएको छ । यसैगरी, सोही अवधिमा यहाँबाट चीनतर्फ ४८ करोड ७९ लाख १५ हजार रुपैयाँको मात्र निर्यात भएको छ ।

जसका कारण चीनसँग मात्र १ खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख रुपैयाँबराबरको व्यापार घाटा रहेको विभागको तथ्यांकले देखाएको छ यसैगरी, यो अवधिमा नेपालबाट १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँबराबरको स्वदेशी वस्तु निर्यात भएको छ ।

विभागको तथ्यांकअनुसार ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो । गत आवको सोही अवधिमा नेपालबाट जम्मा ६९ अर्ब ९१ करोड १७ लाख रुपैयाँबराबरको मात्र निर्यात भएको थियो । निर्यातको तुलनामा आयातदर वृद्धि हुँदा अहिले मुलुकको व्यापार घाटा थप चुलिएको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 329 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुका २० मतदानस्थल अतिसंवेदनशील सूचीमा