अधिकारीलाई अली मियाँ पुरस्कार

पोखरा । यस वर्षको अली मियाँ लोकवाङ्मय सम्मान पुरस्कार समालोचक, साहित्यकार डा बाबुराम अधिकारीलाई दिइएको छ । अली मियाँ लोकवाङ्मय प्रतिष्ठानले स्थापना र सञ्चालन गर्दै आएको यो पुरस्कारको राशि ५० हजार र ताम्रपत्र छ ।

डा अधिकारी अहिले पृथ्वीनारायण क्याम्पसमा नेपाली शिक्षा विभाग प्रमुख छन् । उनका आधा दर्जनभन्दा बढी समालोचनात्मक कृति, आधा दर्जन पाठ्यपुस्तक र विभिन्न साहित्यिक रचना प्रकाशित छन् । उनी यसअघि जमर्को पुरस्कार तथा सम्मान (२०५६), नेपाल विद्या भूषण ‘क’ (२०७०), दीर्घ सेवा पदक सम्मान (२०७५), बलराम वाङ्मय प्रतिभा पुरस्कार चितवन (२०७७) आदिबाट सम्मानित भइसकेका छन् ।

प्रतिष्ठानका सल्लाहकार प्राडा रविलाल अधिकारी संयोजक र प्रतिष्ठानका सचिव पद्यराज ढकाल र कोषाध्यक्ष फडिन्द्र अकिञ्चन सदस्य रहेको प्रतिभा छनोट समितिले अधिकारीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो । पुरस्कार लोककविको १०४ औं जन्म जयन्ती समारोहमा १५ फागुनमा अर्पण गरिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

फोहोर व्यवस्थापनमा चुक्दै बालेन, सरकार रमित

कुरी-कुरी