बालबालिकाका लागि दाँतको महत्व

विश्व स्वास्थ्य संगठन र एफडीआईका अनुसार ९० प्रतिशतसम्म स्कुले विद्यार्थीमा दन्तसडन छ । विद्यालयमा अनुपस्थिति हुनुको एक नम्बरको कारणमा दाँतको दुखाइ छ । एक दशक पहिले भएको नेपालको एक मात्र ओरल हेल्थ पाइलट सर्भेअनुसार बच्चामा उपचार नगरिएको दन्तसडन कुपोषण ५३ प्रतिशत र भिटामिन ‘ए’को कमी ५८ प्रतिशतभन्दा बढी छ । १ सय ६ विद्यालयका ८ देखि १४ वर्षका विद्यार्थीमा गरिएको क्रस सेक्सनल सर्भेमा ४५ प्रतिशतले दाँतको दुखाइ, ६० प्रतिशतले खान नसकेको, १४ प्रतिशतले अनिद्रा, ७ प्रतिशतले आर्थिक बोझ, ६ प्रतिशतले खेल्न नसकेको, ५ प्रतिशतले विद्यालय जान नसकेको, २ प्रतिशतले गृहकार्य गर्न नसकेको र ६ प्रतिशतले उपरोक्त सबै समस्या भोगेको बताएका थिए ।

त्यसो त १४ अञ्चल ७५ जिल्लाका सहर गाउँ, हिमाल पहाड र तराईमा २ हजार ५ सय बढी निःशुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा पु-याउँदा स्वास्थ्य शिविरमा आउने गरेका बालबालिकामध्ये अत्यधिक मात्रामा दन्तरोगको सिकायत नै छ । दन्त समस्या सहरमा र गाउँमा दुवैतिर उस्तै बढी र भयानक छ । सहरमा चेतना बढी छ । तर, गाउँमा कम चेतना भए पनि दाँतलाई हानि गर्ने खाद्यान्न गाउँमा कम मात्र उपभोग हुन्छ ।

दाँतको विकास र आउने समय

मानव भ्रुण ७ साता हुँदा नै दुधे दाँतको विकासक्रम सुरु हुन्छ र साह्रो हुने क्रम ४–६ महिनामा सुुरु हुन्छ । स्थायी पहिलो बंगारा साह«ो हुने बच्चा जन्मदा हुन्छ भने दाँतको विकासक्रम मानिसको उमेर १८–२० वर्ष हुँदासम्म निरन्तर भइरहन्छ । सामान्यतया दाँतको विकासक्रम र मुखमा दाँँत देखिने पुरुषमा भन्दा महिलामा पहिले, माथिको भन्दा तलको दाँत पहिले हुने गर्दछ ।

बालक जन्मिएको ६ महिनादेखि मुखमा तलतिरको अघिल्लो फाली दाँँत (सेन्ट्रल इन्साइजर)बाट देखा पर्न थाल्छ जसलाई दाँत उम्रेको भनिन्छ । त्यसै क्रममा लगभग हरेक ६–६ महिनामा ३० महिनासम्म ४–४ वटा दाँँत उम्रन्छन् । दुधे दाँँत ३० महिनादेखि ६ वर्षसम्म रहन्छन् र ६ वर्षदेखि दाँँत फेरिने क्रम सुरु भई १३ वर्षसम्म सबै दुधे दाँँत फेरिई वयस्क स्थायी दाँँत आइसक्छन् । गर्भावस्थामा आमाको आदत बानी, जीवन शैली र व्यवहारले बच्चाको दन्त्य स्वास्थ्यमा असर पारिरहेको हुन्छ ।

बालकको व्यक्तित्व, सामाजिक र मानसिक विकासका लागि पनि बच्चाको दाँतको आवश्यक छ । बालक जन्मेदेखि दुई वर्ष नपुग्दासम्म खाना वा दूध चुसाइसकेपछि भिजेको सफा रुमाल, कपास वा टालोले गिजा, दाँत पुछिदिने गर्नुपर्छ

दाँत उम्रँदाको समस्या

बच्चामा सबैभन्दा पहिलो दाँत आउँदा वा ६ महिना ’roundमा बच्चा बिरामी हुने तथा दुःख दिने अवस्थालाई टिथिंग सिन्ड्रोम भनिन्छ । बालक नसुत्ने, बेचैनी हुने, रुने, कराउने, -याल बढी छोड्ने, प्यास बढी लाग्ने, मुखमा दाग, घाउ देखापर्ने, बालकलाई ज्वरो आउने, पखाला लाग्ने, खाना खान नमान्ने, वाकवाक लाग्ने, शरीरमा दाग देखापर्ने, हैजा लाग्ने, कन्भल्सन, ब्रोन्काइटिस, टिटानस, रुघाखोकी लाग्नेजस्ता लक्षण देखिने गर्दछन् । बालकको दाँँत उम्रने बेलामा गिजा चिलाउने भएकाले अगाडि जे भेट्यो । मुखमा हाल्ने, खाने भएकाले पखाला लाग्ने, ज्वरो आउनेजस्ता रोग लाग्ने भएकाले बालकलाई उचित हेरचाहको जरुरत पर्दछ ।

पहिलो दाँत उम्रने बेला जस्तो अन्य दाँत उम्रँदा बच्चाले दुःख दिँदैन । तर, कहिलेकाहीं दाँत आउन नसक्ने अवस्थामा गिजा सुन्निने, गिजा नीलो हुने, दूध चुस्न र खान बच्चाले नमान्ने हुन्छ । टिथिङ सिन्ड्रोम सामान्य प्रक्रिया भएकाले दाँत आउनासाथै आफैं ठीक हुन्छ । लाक्षणिक उपचार भने बच्चा र अभिभावकको बेचैनी र चिन्ता कम गर्न गरिन्छ । क्याल्सियम, ग्राइप वाटर राम्रो दाँतका लागि तथा चिलाउने समस्यालाई कम गर्न कागती दल्ने, टिथ रिङ आदिको प्रयोग गर्ने चलन छ ।

दाँतमा किरा
बालबालिकामा गुलियो, प्रशोधित खाद्यपदार्थ, चकलेट, बिस्कुट, केडबरी, आइसक्रिम जस्ता खानेकुरा खाने बढ्दो चलनले दाँतमा किरा लाग्ने समस्या अत्यधिक मात्रामा देखिएको छ । दन्त सडनमा पहिले कालो खैरो खाल्टो देखिन्छ । उत्पन्न खाल्टोमा खाना अड्किन्छ, सफा पनि हुँदैन, अम्ल उत्पन्न हुन्छ । खाना अड्कने, सिरिङ–सिरिङ हुने, खाना टोक्दा दुख्ने समस्या देखिन्छ । उपचार नगरे भित्री तह जरासम्म पुग्दछ र दाँत दुख्न सुरु हुन्छ तथा पिप जम्मा हुने, गिजा सुन्निने दाँत हल्लिने समस्या आउँछ ।

खानेकुरा वा पेय पदार्थमा भएको चिनीले दाँतमा किरा लगाउने समस्या चिनीको मात्रामा मात्र नभई कतिपटक, कति लामो समयसम्म र कुन प्रकारको चिनी भएको खानेकुरामा भर पर्दछ । दूध खुवाइसकेपछि पानी पिलाउनुपर्छ र सफा पानीले भिजाएको नरम कपास वा रुमालले दाँतको सतहहरू सफा गरिदिनु पर्दछ । स्तनपानको साटो बोतलबाट दूध खुवाउने गर्दा दाँत टेढोमेढो हुने सम्भावना २ गुणा बढी हुन्छ । दन्तसडन (नर्सिङ बोटल केरिज) भएका सयौं गुणा बढी बच्चामा औंला चुस्ने, नङ टोक्ने, जिब्रोले दाँत धकेल्ने जस्ता नराम्रा आदत हुने गर्दछन् ।

दाँँत निकाल्दा

दाँँत फेरिने बेला भए नभएको दाँँत हल्लिएको तथा बच्चाको उमेरअनुसार थाहा हुन्छ । हल्लिएको दाँत गाउँघरतिर डोरी, धागो, हात र घरेलु औजारको सहायताले फुकाल्ने चलन छ । प्रयोग गरिएका सामान र निकाल्ने तरिका नमिल्दा एकातिर दाँत भाँचिने, जरा रहने डर रहन्छ भने अर्कोतिर निर्मलीकरण नगरिएको र सफा शुद्ध नभएको औजार मुखभित्र प्रयोग गर्दा विभिन्न संक्रामक रोग लाग्ने डर रहन्छ । गिजा, जिब्रो, ओठ, गालामा चोटपटक लाग्ने, घाउखटिरा हुने डर रहन्छ ।

दाँतको सरसफाइ

शिशुको जन्म भएदेखि नै गिजा, मुखको सरसफाइमा ध्यान दिनुपर्छ । बालक जन्मेदेखि २ वर्ष नपुग्दासम्म खाना वा दूध चुसाइसकेपछि भिजेको सफा रुमाल, कपास वा टालोले गिजा, दाँत पुछिदिने गर्नुपर्छ । सानो टाउको भएको सानो केराउको दाना जत्रो मात्रामा फ्लोराइडयुक्त मन्जन राख्ने र दाँँतभित्र बाहिर र चपाउने भाग ध्यान दिएर गोलाकार रूपमा बिस्तारै माँझ्ने वा सहायता गर्ने र फ्लोरिडेटेड दन्तमन्जन सके निल्न नभए थुक्न तर पखाल्न लगाउनुपर्छ । उमेरअनुसार नयाँ दाँँत आउने, दाँँत फेरिने भएकाले सबै दाँतका सबै सतह नछुट्ने गरी सफा गर्नुपर्छ । बालबालिकालाई ७ वर्षको उमेरसम्म ठीक प्रकारले दाँँत माझ्न सहयोग गर्नुपर्छ । हरेक दिन बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँँत माझ्ने र अरू बेला गुलियो खानेकुरा खाएपछि पानीले मुख कुल्ला गर्न लगाउनुपर्छ ।

दाँतको महत्व

अधिकांश अभिभावक किरा लागेको दुधे दाँत, आपैंm झर्ने वा फेरिने दाँत भएको हुँदा यसलाई उपचार गर्न, बचाउन आवश्यक ठान्दैनन् र फुकाल्नतिर जोड दिन्छन् । प्रक्रियागत रूपमा दुधे दाँतलाई त्यसको सामान्य आयुसम्म बचाइ राख्न जरुरी छ । समय अगावै दुधे दाँत फुकाल्दापछि उक्त स्थानमा उम्रने नयाँँ दाँत उम्रन नसक्ने, उम्रे पनि नमिल्ने, उछिट्टिने मुखको आकृति बिग्रनेजस्ता समस्या आइलाग्छन् । दन्तसडनले गाला सुन्निने, गालाभित्र घाउ हुने र दीर्घकालीन संक्रमणले मुखको क्यान्सर, रक्त अल्पता, कुपोषण, कम तौलको बालक, खान, सुत्न, पढ्न जस्ता दैनिक क्रियाकलाप समेत गर्न नसक्ने, बालकको शारीरिक र मानसिक स्वास्थ्यमा असर पार्नसक्छ । स्वस्थ तथा सुन्दर दाँँत खाना राम्ररी चपाउन प्रस्टसँग बोल्न, निल्न, राम्रो देखिन, स्थायी दाँतका लागि ठाउँ ओगट्न र दाँत बस्ने घरको विकास र वृद्धिमा सहयोग तथा हाँँस्न र पाचन प्रणालीका लागि जति आवश्यक छ त्यति नै बालकको व्यक्तित्व, सामाजिक र मानसिक विकासका लागि पनि बच्चाको दाँतको आवश्यक छ ।

नियमित दन्त परीक्षणको सुरु बच्चा जन्मेदेखि नै गर्नुपर्छ । जसरी नियमित रूपमा हातखुट्टाका नङहरू कपाल लुगाकपडाजस्ता व्यक्तिगत सरसफाइ भए नभएको विद्यालय र घरमा परीक्षण गर्ने गरिन्छ त्यसै गरी दाँत सफा गरे नगरेको पनि परीक्षण गर्ने, बीचबीचमा दन्त परीक्षण गराउन चिकित्सकको सहायता लिने कार्यको सुरुवात गरे मात्र पनि बालबालिकाको नराम्रंो आदत बानी लापरबाही र भएका समस्या नियन्त्रण गर्नमा सुनौलो भूमिका खेल्दै स्वस्थ नागरिक उत्पादनमा सार्थक हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 672 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्रीको जिल्ला डडेल्धुराका पाँच पालिकामा मतगणना हुदै, चारमा काँग्रेस अगाडी