एमसीसीका सन्दर्भमा जसपाले निर्णय गर्न सकेन

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता’bout पक्ष र विपक्षमा बहस भइरहेका बेला बसेको जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिले त्यस विषयमा अझै निर्णय लिन सकेको छैन ।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको जसपा कार्यकारिणी समितिको बैठक शनिबारसमेत बसेको थियो । शुक्रबार नै कार्यकारिणी समितिका सदस्यलाई एमसीसी सम्झौतासम्बन्धी कागजात दिएर अध्ययन गरी शनिबारको बैठकमा धारणा राख्न निर्देशन दिइएको थियो ।
तर, शनिबारको बैठकमा एमसीसी सम्झौता एजेन्डा नै बन्न सकेन । जसपाका प्रवक्ता डम्बर खतिवडाले एमसीसी सम्झौता’bout शनिबारको बैठकमा कुनै छलफल नभएको बताए ।

‘शनिबारको बैठकमा एमसीसी’bout आफ्नो धारणा राख्ने भन्ने भनिएको थियो । तर, बैठकमा त्यो एजेन्डा नै बन्न सकेन, अरू विषयमा छलफल भयो, अब आइतबारको बैठकमा छलफल हुन्छ,’ प्रवक्ता खतिवडाले भने ।

एमसीसी’bout नेपालका प्रमुख राजनीतिक दलहरू दुई ध्रुवमा विभाजित छन् । तर जसपाले अहिलेसम्म यस’boutमा औपचारिक निर्णय गर्न सकेको छैन । जसपाबाटै विभाजन भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

एमसीसी सम्झौतालाई संसद्बाट पारित गर्नुपर्ने पक्षमा जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई खुलेर लागेका छन् । तर, अध्यक्ष उपेन्द्र यादव एमसीसी सम्झौता याथास्थितिमै संसद्बाट पारित गर्न नहुने अडानमा छन् । विवादकै कारण बैठकमा एमसीसी एजेन्डा बन्न नसकेको हो ।

जसपा कार्यकारिणी समितिका सदस्य रामनरेश रायले आइतबार पार्टीका तीन शीर्ष नेताबीच छलफल भएपछि बैठक बसेर निर्णय हुने बताए । भट्टराई, यादव र वरिष्ठ नेता अशोक राईबीच आइतबार बिहान एमसीसी’bout छलफल हुने उनले बताए । त्यसपछि कार्यकारिणी समितिको बैठकमा छलफल गरेर अनौपचारिक निर्णय गरिने उनले बताए ।

शनिबारको बैठकमा स्थानीय तहको निर्वाचन’bout मात्रै छलफल भएको छ । बैठकमा स्थानीय निर्वाचन तथा पार्टी दर्ता, एमसीसी सम्झौता, संगठनात्मक कार्यको समीक्षा र समायोजन, कार्यकारणी समीतिमा पदपूर्ति, कार्यकारणी समितिका सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पार्टी विधान सम्मेलन, सामूहिक र समानुपातिक नेतृत्व प्रणालीलगायतका एजेन्डामा छलफल हुने एजेन्डा तय भएको छ । जसपाको कार्यकारिणी समितिमा ३४ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 302 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित