Friday, June 18, 2021
Home प्रदेश प्रदेश ७ भारतसँग सीमा जोडिएका ५ नाका बन्द, पाँचमा हेल्थ डेस्क

भारतसँग सीमा जोडिएका ५ नाका बन्द, पाँचमा हेल्थ डेस्क

,

बैतडी । कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर, शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् ।

डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिए । बलरा, धरम, ढोया, कुस्मत र खैरेनी घाट बन्द गरिएका जनाइएको छ । भाइरसको पूर्वसतर्कता अपनाउन ती नाकामा आवतजावत बन्द गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

जिल्लाका भारतसँग सीमा जोडिएका चार नाकामा स्वास्थ्य परीक्षण कक्ष (हेल्थ डेस्क) सञ्चालनमा तयारी गरिएको छ । मुख्य नाकाका रुपमा रहेको झुलाघाटमा यही फागुन १० गतेदेखि कक्ष सञ्चालनमा रहेको छ । तल्लोस्वराडमा रहेका अन्य चार नाकामा तत्काल कक्ष सञ्चालन गर्ने निर्णय भएको हो ।

झुलाघाटमा दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्तरुपमा सहायता कक्ष स्थापना गर्न लागेका हुन् । डुङ्गाबाट आवतजावत हुने तल्लोस्वराडमा चार घाटमा कक्ष स्थापना गर्ने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । शिवनाथ गाउँपालिकाको सुल्लेखानमा बसेको सरोकारवालाको बैठकले पञ्चेश्वरको रोलघाट, डिम्बरघाट र विनायक घाट तथा शिवनाथको नागार्जुन घाटमा कक्ष स्थापना गर्ने निर्णय भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँद, पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बीना भट्टलगायतको सरोकारवाला सम्मिलित बैठकले हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।

हेल्थ डेस्कमा उपकरण अभाव
तल्लोस्वराडका घाटमा कक्ष स्थापना गर्ने निर्णय भए पनि तत्काल उपकरणको भने अभाव भएको छ । सो कक्षमा आवश्यकपर्ने उपकरण अभाव हुँदा सहायता कक्षमा स्वास्थ्य परीक्षणको काम नहुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले जानकारी दिए ।

ज्वरो मापन गर्ने इन्फ्रारेड थर्मोमिटरलगायतका उपकरण नहुँदा सहायता कक्षमा जाँचको काम हुँदैन उनले भने, ‘ज्वरो मापन गर्ने इन्फ्रारेड थर्मोमिटरलगायतका उपकरण पुग्न एक हप्ता लाग्छ ।’ तत्कालका लागि स्वास्थ्यकर्मीले हेल्थ डेस्कबाट परामर्श सेवा प्रदान गरिने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला अस्पतालमा ‘आइसोलेशन कक्ष’ स्थापना

शङ्कास्पद लक्षण भएका बिरामीका लागि जिल्ला अस्पतालमा तीन श्ययाको आइसोलेशन कक्ष स्थापना गरिएको छ । सो कक्षमा शङ्कास्पद बिरामीको उपचार गर्ने, बिरामीको खकार र सिँगानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा वसन्तराज जोशीले जानकारी दिए ।

‘शङ्कास्पद बिरामीको खकार र सिँगानको नमूना पठाउने माध्यम प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मगाइसकिएको छ’, उनले भने, ‘कोरोना भाइरसको त्रास बढिरहेकाले पूर्वतयारीस्वरुप जिल्ला अस्पतालमा आइसोलेशन कक्ष स्थापना गरिएको हो ।’ यसअघि केही दिन अगाडि मात्रै प्रदेश सरकारले सबै जिल्ला अस्पतालमा आइसोलेशन कक्ष स्थापना गर्न निर्देशन दिएको थियो ।

कोरोनाको सङ्क्रमण फैलनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय र सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले भीडभाड नगर्न, भेला नहुन, विभिन्न उत्सव महोत्सव नमनाउन आग्रह गरेको छ । प्रशासन र नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै कोरोना भाइरसको सम्भावित जोखिमको बहानामा कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको पाइएमा कारवाही गरिने जनाइएको छ भने भाइरसको सम्भावित सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा सजगता अपनाउन जिल्लास्थित सबै सरकारी तथा गैरसरकारी कार्यालयलाई जनचेतनामूलक कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । सङ्क्रमणबाट बच्नका लागि मास्क लगाउन, साबुन पानीले राम्ररी हात धुन, हात नमिलाउन आग्रह गरिएको छ ।

(Visited 244 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

२७६८ जनामा काेराेना संक्रमण पुष्टि, ४४ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

साताका लोकप्रिय समाचार

ट्यांकर चालकलाई आजबाट कोरोनाविरुद्धको खोप

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेर आन्दोलनमा उत्तिएका ट्यांकर चालक र सहचालकले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन पाउने भएका छन् । उनीहरूको...

अटल पाइलाहरू

घुमफिर यो वसन्त याममा सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले अनुमति लिएका थिए । सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४ सय ८ ले अनुमति लिएको...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

ट्रेन्डिङ

श्रीकृष्णको फोटो बेडरुममा राख्ने सर्तसहित विवाह गर्दैछिन् श्वेता

काठमाडौं । नायिका श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने भएकी छिन् । उनीहरुको विवाह यही मंसिर २२ गते हुने भएको छ ।...

बोर्ड अध्यक्षका लागि दयाराम, भुवन र राजेशबीच प्रतिस्पर्धा

काठमाडौं । विगत ६ महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्षको चयन अन्तिम चरणमा पुगेको छ । यो प्रतिस्पर्धाका लागि अन्तर्वार्ता दिएका १० जनामध्ये...

थप २०७१ जनामा कोरोना पुष्टि, काठमाडौँ उपत्यकामा १४१६ संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १२ हजार...

टेकु अस्पतालमा जे देखियो…..

समय : बिहान ११:१५ बजे, आइतबार स्थान : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौं । बूढानीलकण्ठ बस्दै आएका ५५ वर्षीय जयप्रसाद पराजुली स्वास्थ्यमा एक्कासि गम्भीर...

प्रदेश १ मा ९५ संक्रमित थपिए, ६० जना डिस्चार्ज

मोरङ ।  प्रदेश १ मा बिहीबार ९५ जना कोरोना संक्रमित थपिएका छन् ।  ६० जना डिस्चार्ज भएका छन् । थपिएका ९५ जना मध्ये ४४...

भागरथीको हत्यारा पत्ता लागेन, अनुसन्धान र आन्दोलन दुबै जारी

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको हत्या भएको तीनदिन बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन । आइतबार...

मकवानपुरमा चट्याङ लागेर दुई महिलाको मृत्यु, एक घाइते

हेटौँडा । अविरल वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा दुई जना महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका–२ का बुद्ध घिसिङको १७...

यस्तो छ एसईई परीक्षाको तालिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म...

प्रधानमन्त्री निवासमा याेगासन (फाेटाेफिचर)

काठमाडाैं ।  राष्ट्रिय योग दिवस तथा मकर संक्रान्तिको दिन प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीलगायतले पलेँटी कसेर याेग गरेका छन् ।  प्रधानमन्त्रीले कोरोनापछि...

अस्पताल भर्नाको तयारीमा प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको दोस्रोपटक गरिने मिर्गौला प्रत्यारोपणको तयारी पूरा भएको छ । यही...

८० करोड लगानीमा बनेको काठमाडौ–गोसाईंकुन्ड पैदलमार्ग सुचारु गर्न के गर्नुपर्छ ?

तराइका फराकिला फाँट, त्यस्तै फराकिला पहाडका छाती र माथि उत्तरैभरि फैलिएका हिमाली शीर र जहाँबाट जता उकालो लागे पनि पदयात्रा सुरु भइहाल्ने भुगोल ।...

पाँच वर्षपछि हामीले देख्ने सपना अर्कै हुनेछ : केपी शर्मा ओली, प्रधानमन्त्री

सम्माननीय सभामुख महोदय, आजबाट मेरो नेतृत्वमा गठित नेपाल कम्युनिस्ट पार्टीको सरकारले सत्ता सञ्चालनको ७ सय ३१ दिन अर्थात् दुई वर्ष पूरा गरेको छ ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)