कैलालीमा भारतीय नयाँ परियोजनाको उद्घाटन

काठमाडौं । भारतीय राजदूतावासका प्रथम सचिव नवीनकुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशील भारत सरकारको आर्थिक सहयोगमा कैलाली जिल्लाको धनगढीमा निर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवनको बुधबार उद्घाटन गरेका छन् ।

सो उद्घाटन समारोहमा कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरकारका अधिकारीको उपस्थिति रहेको थियो ।

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवअन्तर्गत उद्घाटन गरिने ७५ वटा परियोजनामध्येको एक हो ।

भारत सरकारको आर्थिक सहयोगमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत ४ करोड २२ लाख ६० हजारको लागतमा यी नयाँ भवनको निर्माण भएका हुन् । सन् १९८५ मा स्थापना भएको यो विद्यालयमा हाल ६ सय ६५ जना विद्यार्थी अध्ययनरत छन् ।

सन् २००३ यता भारतले नेपालमा ५ सय २३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ भने ४ सय ६७ वटा परियोजना सम्पन्न गरिसकेको भारतीय राजदूतावासले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार