धुलो उडाएको भन्दै ट्याक्टर ड्राइभरमाथि कुटपिट

सिन्धुली । ट्याक्टरले धुलो उडाएको भन्दै तीनपाटन –११, अकाशेमा गुडिरहेको ट्याक्टर रोकी स्थानीय युवाले चालकलाई कुटपीट गरेका छन । तीनपाटन –५ शनि घर भएका प२ ०३००१त२०८२ नम्बरको ट्याक्टरका चालक राजु श्रेष्ठमाथि स्थानीय युवाले आइतबार साँझ कुटपीट गरेका हुन ।

विरोधमा सिन्धुली चकमके सडक अवरुद्ध

स्थानीय मिलन थापा सहित चार जनाले उनीमाथि कुटपिट गरेको स्थानीयले बताएका छन । घाइते श्रेष्ठको टाउकोमा गम्भिर चोट लागेको र प्राथमिक स्वास्थ्य केन्द्र लाम्पानटारमा प्राथमिक उपचार गरि सिन्धुली अस्पताल लगिएकोमा अस्पतालले धुलिखेल रिफर गरेको छ ।

उनको अवस्था गम्भिर रहेको र दोषीलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयले सिन्धुली चकमके सडक अवरुद्ध गरेका छन । उनीहरुले साखामाढीमा दोषीलाई पक्राउ गरि कारवाहिको दायरामा ल्याउन माग गर्दै विहानैदेखि सडक अवरुद्ध गरेका हुन । उनीहरुले सडकमा टायर बालेर सडक अवरुद्ध पारेका छन ।

घटना गराउने मिलन थापा तिनपाटन गाउँपालिका अध्यक्ष कर्ण बहादुर थापाका छोरा रहेकाले प्रहरीले पक्राउ गर्न नमानेको पीडितका आफन्तहरुको आरोप रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भने घटनाको पुष्टि नभईसकेको जनाएको छ । घटना भएको भन्ने कुरा आएको छ तर विस्तृत विवरण आएको छैन, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर बुद्धिमणी नेपालले भने । उनले जनप्रतिनिधिका छोराले कुटपिट गरेको जानकारी आएको तर घटनाको विस्तृत जानकारी नआएको बताए । बाटो अवरुद्ध भएको भने उनले पुष्टि गरेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 369 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा कांग्रेसका २ बागी उम्मेदवार फिर्ता, एकजनाको कायमै