सुटिङमा फर्किए शाहरुख खान

मुम्बई । छोरा आर्यन खानको लागू औषध प्रकरण र कोरोनाको महामारीका कारण बिगत चार महिना देखि अभिनेता शाहरुख खानले फिल्म छायाँकनको लागि समय दिन सकेका थिएनन् ।

यिनै अभिनेता यतिबेला फिल्म छायाँकनमा जोडिएका छन् । शाहरुख खान अहिले आफ्नो नयाँ फिल्म पठानको छायाँकनमा जोडिएका छन् ।

यशराज फिल्म्सले टिजर सार्वजनिक गर्दै पठानको बाँकी छायाँकन अघि बढाउने घोषणा हालै गरेको थियो । यतिबेला उनी ‘पठान’ को अर्को शेड्युलको सुटिङका लागि आईतबार स्पेन पुगेका छन् ।

शाहरुख खान र जोन अब्राहम स्पेन पुगेका हुन् । शाहरुख खान ४ वर्षको अन्तरालपछि पर्दामा फर्किएका हुन् । उनलाई शनिबार मुम्बई एयरपोर्टमा भेटिएको थियो । जोनसँगै उनकी श्रीमती प्रिया रुञ्चल पनि स्पेन पुगेकी छिन् । फिल्म पठानमा जोन अब्राहम खल चरित्रमा प्रस्तुत हुने भएका छन् ।यो फिल्ममा सलमान खानले उत्कृष्ट क्यामियोको रुपमा काम गरेका छन् । यो फिल्ममा उनको प्रस्तुति टाइगर जस्तै हुने बताइएको छ ।

उनको फिल्म पठान अर्को वर्षको २५ जनवरीमा रिलिज हुने भएको छ । हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुनेछ । प्रोडक्सन हाउस यशराज फिल्म्सले चार वर्षभन्दा बढी समयपछि शाहरुखलाई लिएर सिनेमा हलमा आउन लागेको जनाएको छ ।

शाहरुखको यस अघिको फिल्म जीरो सन २०१८ मा रिलिज भएको थियो । आनन्द एल राई द्वारा निर्देशित सो फिल्म व्यबसायिक रुपमा पूर्ण असफल भएपछि शाहरुख चार वर्ष फिल्मबाट बाहिर बसेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 423 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीको सुर्नया १ मा एमाले र शिवनाथ १ मा कांग्रेस प्यानल सहित विजयी