कुमारिका र बेबी शेरामीको सेवा काठमाडौंमा सुरु

काठमाडौं । बालबालिकाको हेरचाह र कपालका लागि प्रशिद्ध ब्राण्ड कुमारिका र बेबि शेरामीको सेवा काठमाडौमा पनि सुरु भएको छ ।

गएको २३ चैतदेखी काठमाडौको ‘द एभरेष्ट होटल’मा सेवा सूरुवात भएको छ । सो कार्यक्रमलाई सफल बनाउन पूर्व प्रधानमन्त्री झलनाथ खनाल, हेमाज म्यानुफ्याक्चरिङ प्रालिका निर्देशक रोय जोसेफ, हजुरलाई नमस्ते टे«ड लिंक प्रालि उक्त ब्राण्डका नेपालको आधिकारिक वितरकका अध्यक्ष तारा बहादुर कुवँरले योगदान दिएका थिए । कलाकरहरु व्यवसाय साझेदारहरु र विशिष्ट अतिथिहरुको महत्वपूर्ण सहयोग रहेको संस्थाले जनाएको छ ।

हेमाज होल्डिङ्ग एक श्रीलङक्न संगठन हो जुन विगत ७० वर्ष देखिको पौराणिक सम्पदा बोकेर विभिन्न क्षेत्रहरु यातायात, स्वास्थ सेवा र अन्य क्षेत्रमा कार्यरत छ । यस कम्पनीले गौरव गर्ने उत्पादनहरु बेबीकेयर (साबुन, स्याम्पु, कोलोन, क्रिम, लोसन), ओरल केयर (मन्जन, माउथवास) उत्पादन गर्ने गर्छ । स्किन केयर ( साबुन, लोसन, बडि वास) हेयर केयर (ओइल,स्याम्पु,कन्डिसनर,सिरम), सुगन्ध अत्तर र कोलोन (महिला,पुरुषका लागि) र स्यानिटरी न्यापकिन्स पनि उत्पादन गर्ने गरेको छ ।

हर्बल तेल

कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख भए अनुसार कुमारिका ब्राण्डकोे कपालको तेल एक हर्बल तेल हो, जुन नरिवलको तेलमा प्राकृतिक जडिबुटिहरु मिलाई तयार पारिएको हुन्छ । यसले कपाललाई आकर्षक र सुन्दर पार्छ जुन विश्वको सबै ग्राहकमाझ हर्बल तेल सुन्दर कपालको लागि भनेर चिनिएकोे छ । कुमारिकामा हेयर आयल, स्याम्पु, कण्डिशनर ,शिरम रहेका छन् ।

सन् १९६२ मा फ्रान्सेली बहुराष्ट्रिय कम्पनीका सहकार्यमा शरुवात भएको थियो । यस ब्राण्डका उत्पादनहरु कोलोन, क्रप्म, लोसन, स्याम्पु , साबन, पाउडर र अन्य बालबालीका का उत्पादनहरु समावेश गरेका छन् । बेबी शेरामी आमाहरुका माझ विश्वासीलो ब्राण्डका रुपमा स्थपित भईसकेको छ जसले बच्चाहरुको छालाको हेरचाह गर्ने वाचा गरेको छ ।

कुमारिका र बेबी शेरामी ब्राण्ड संसारको हजारौँ ग्राहक माझ पुग्न सफल भईसकेको छ र दैनीक प्रयोजनका लागि अभिन्न अङ्ग जस्तै भईसकेको छ । यसका उत्पादनहरु भारत, मलेशिया, माल्दिब्स, पाकिस्तान, लेबनन, बङ्गलादेश, यूके, न्यूजिल्याण्ड, अष्ट्रेलिया र द मिडल ईष्ट जस्ता देशहरुमा निर्यात भइरहेका छन् र अझै नयाँ मार्केटका लागि विस्तारमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१४ वर्षमा विवाह, १५ नपुग्दै ‘डिभोर्स’

कुरी-कुरी