मधेश प्रदेशका वातावरणमन्त्रीले लिए १५ हजार घुस !

जनकपुरधाम । मधेश प्रदेशका एकजना मन्त्रीले एउटा काम गराएवापत १५ हजार रुपैया घुस लिएको आरोप एकजना व्यवसायीले लगाएका छन् । उद्योग वन पर्यटन तथा वातावरण मन्त्री शत्रुधन महतोले ती व्यवसायीसँग वातावरण निरिक्षण प्रतिवेदनका लागि १५ हजार रुपैया घुस लिएका हुन् । सर्लाही जिल्ला हरिपुर ५ का आयुश महतले इटा उद्योग खोल्न वातावरण निरिक्षण प्रतिवेदनका लागि मन्त्रीलाई घुस वापत पैसा दिएका बताएका छन् ।

जनकपुरधामका एकजना सुशासन अभियानीले स्ट्रिंग अप्रेसन गर्दा घुस प्रकरणको रहस्य सार्वजनिक भएको हो । मास संस्थाका अध्यक्ष सरोज मिश्रले ती व्यवसायीसंग स्ट्रिगं अपरेशन गरेका छन् । त्यसक्रममा ती व्यवसायीले नामै किटेर मन्त्री महतोले आफूसंग १५ हजार रुपैया लिएको स्वीकार गरेका छन् । अर्का एकजना व्यवसायीसंग पनि १५ हजार रुपैया लिएको खुलेको छ ।

कुनै उद्योग खोल्न वातावरण निरिक्षण प्रतिवेदन पास गर्नुपर्छ । त्यही पास गराउनमा मन्त्री आफैले पैसा लिइरहेको जानकारी आएपछि स्ट्रिंग अपरेशन गरेको मासका अध्यक्ष मिश्रले वताए । वातावरण परीक्षण गर्नुभन्दा पहिला टिओआर स्वीकृत गर्नुपर्छ । त्यो टिओआर स्वीकृतपछि वातावरण निरिक्षण प्रतिवेदन पास गर्नुपर्छ त्यही बेला मन्त्रीले सीधा घुस लिने गरेको मन्त्रालयकै कर्मचारीहरु वताउँछन ।

मन्त्री महतो यतिसम्म कि अधिकृत स्तरीय टिआरओ बैठकमा पनि बस्ने गर्छन । व्यवसायी महतले वातावरण निरिक्षण प्रतिवेदनका लागि पुस महिनामा मन्त्रालयमा निवेदन दिएका थिए । फागुन १३ गते मन्त्रालयमा प्रिजेन्टेशन गरिएको थियो त्यही बेला पैसा लिएको बताइएको छ ।

सुशासन अभियानीसँग इटा व्यवसायले गरेको कुराकानी अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस विषयमा मन्त्री सहित मन्त्रालयका कुनै अधिकारीले प्रतिक्रिया दिएका छैनन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता रमण पाण्डेले मधेश प्रदेशमा यस्तो घुसकाण्ड हुँदा पनि अख्तियारले किन मौन भएर बसेको प्रश्न गरेका छन् । धर्मा राजले समाजिक सञ्जालमा लेखेर अनुसन्धानको माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 2,344 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हुम्लाकी रंगमति शाही बनिन् जिल्लाकै पहिलो महिला वडाध्यक्ष