सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सार्वजनिक खरिद नियमावलीलाई ११ औँ पटक संशोधन गर्ने भएको छ ।

आज बसिरहेको मन्त्रीपरिषद्ले नियमावलीलाई ११ औँ पटक संशोधन गर्न लागेको हो । यसअघि, अर्थ मन्त्रालयले सार्वजनिक खरिद नियमावलीमा श्रम सहकारी घुसाएपछि को ११ औँ पटक संशोधन हुन सकेको थिएन । यद्यपि, आज बसिरहेको मन्त्रिपरिषद्को बैठकले ११ औँ संशोधन पारित गर्ने स्रोतले बताएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले नै व्यवसायीहरूलाई फोन गरेर तपाईँहरूको माग आजको मन्त्रीपरिषद्को बैठकले सम्बोधन गर्ने जानकारी गराइसकेका छन् । नियमावलीको ११ औँ संशोधन भएपछि एउटा निर्माण कम्पनीले एक पटकमा ५ वटाभन्दा बढी ठेक्का लिन नपाउने व्यवस्था छ । एउटा कम्पनीले एक पटकमा ५ भन्दा बढी ठेक्का लिन नपाउँदा निर्माण क्षेत्रले गति लिने व्यवसायीहरूको अपेक्षा छ ।

तपाइको प्रतिक्रिया
(Visited 627 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा महानगर मतगणना : समाजवादीका उम्मेदवारको मत ३ हजार बढी