वसन्त उत्सव फागुको आरम्भसँगै देशमा उत्साह हुनुपर्ने थियो, तर ढलेको रुख भैmं देखिन्छ देश । महँगीको चरम चपेटामा परेको अवस्था छ, प्रदूषणको कालो बादलले प्रदूषणकै वर्षा गरेको छ र त जलवायु परिवर्तनका नाममा कालापत्थरमा गएर नारी दिवस मनाइयो । युक्रेन मात्रै होइन खाडी देशको असहजतालाई आर्थिक अस्तव्यस्तता र पर्यटनको ढोका बन्द भन्न पनि हामी पछि परेनौं । भागशान्तिमा एमसीसी छिरेको छ देशमा, चीनको कर्के नजरलाई हामीले नजरअन्दाज गरेका छौं, गठबन्धन नजोगाइ भएन, दुईतिहाइले देशमा हावा खाइदिँदा २३ सिट ल्याउनेलाई देशको नेतृत्वको चिन्ता हुन्छ र त मालिक रिझाउन हामीले जे पनि गर्नुपर्छ । सवारी भाडा नबढ्ने हो भने व्यवसायी आपैंmले बढाइदिने भनेका छन् । यो देशमा सरकार त चुनावमा लागिसक्यो, पहिले गठबन्धन जोगाउन लाग्योे, जनता जोगाउनतिर छैन । ऊ आप्mनो सजिलोका लागि युट्युब र फेसबुक देख्नै सक्तैन, आऊ चलाउन मन भए घटीमा ५ लाख बुझाऊ भन्छ ।
युक्रेनको कालो धुवाँले आयल निगमले गतिलो मौका पाएको छ, यही बेलामा जनता भुट्नुपर्छ, ८७ कम तिरेको पेट्रोललाई डेढ सयमा बेच्दा घाटा हुन्छ । के गर्ने नेवानी त्यसै डुबेको त होइन नि, देशैभरिका उद्योग व्यवसायलाई रसातल धकेलेर यहाँ व्यापारघाटा ठुलै छ । दिल्लीको लजमा बसेर युद्धको रिमोट तान्नेहरू अहिले मात्रै होइन लामो समयदेखि देशको ढुकुटी सञ्चालनमा छन् र बैंकमा तरलताको अभाव छ, उनलाई साथ दिनेहरू या त यतै सकिए, बचेखुचेका खाडीतिर लम्के, बाँकी भएकाको राम्रो छ उद्योग, बिना लगानीमै फस्टाएको छ त्यो हो राजनीतिक उद्योग वैशाख ३० मा त एक नम्बर जसरी भए पनि हुनैपर्ने ।
चीरदाहको नामले परिचित फागुलाई असत्यमाथि सत्यको विजयोत्सवका रूपमा लिनसके राम्रो हुनेछ
निमुखा जनाता रैतीमै छन् अभैm र त उनलाई नेता के कस्ता छन् छान्ने क्षमता अनि सामथ्र्य दिइएको छैन, रबर स्टाम्प, गएर हान्नैपर्ने त्यो पनि नोट र भोटको हिसाब नआउने गरी, नत्र निर्वाचन आयोगले तयार पारेको मतपत्र किन च्यातिन्छ या गन्ने बेला बत्ती किन निभ्छ ? बिजुलीको कुरा पनि अचम्मको छ बेच्ने सुरसारले खम्बा गाड्न परदेशी नै आउनुपर्ने भयो, पहिले हुन्न हुन्न, अहिले नभई हुन्न दोहोरो चरित्र नभएका नेता यहाँ औंलाले नै गन्न सकिने कस्तो लोकतन्त्र आएछ देशमा । त्यसैले फागुको उत्साह नै छैन किनकि घरको धारामा पानी छैन ।
दैलो अगाडिको फोहोर डेढ महिनामा उठ्दैन, मेलम्चीको सपना र एमसीसीको सपना अब उस्तै उस्तै हुने भयो, ग्यास पाइपलाइन, मोनोरेल, पानीजहाज, मेट्रोरेल खोज्न देशमा होइन विदेशै जानुपर्ने भयो । पाइपलाइन हुनेले पनि कहाँ दिन्छन् न युरोपले पेट्टोलियम पदार्थको निर्यातमा नाकाबन्दी गरिदिने अनि रसियाले ग्यास आपूर्तिमा रोक लगाइदिने भनिसके र सबैभन्दा युरोपको ठूलो परमाणु केन्द्र रहेको युक्रेनको ज्यापोरिज्या केन्द्रमा रसियाले बमबार्डिङ गर्दै छ, विचरा युक्रेनका बासिन्दा २० लाखले देश छोडे, १२ लाख नजिकको पोल्यान्ड छिरे डेढ लाख भने स्लोभाकियामा गए ।
हो, छिमेकी आवश्यक रहेछ, युक्रेनको कथाव्यथा आप्mनै जस्तो लाग्यो, ११ वर्षीय दुधे बालक हसनले आमा जुलिया पिरेक्काको काख छोडेर १२ सय किमी परको छिमेकी देश स्लोभाकियामा रहेका आफन्तको शरणमा पुगे । बाँच्ने रहर सबैलाई हुन्छ, ११ वर्षीय बालकलाई आमा चाहिन्थ्यो होला तर आमाले छिमेकी देशमा रहेका आफन्तको नम्बर बालकको हातमा लेखिदिइन्, रुँदै बिदा गरिन् आपूmसँगै जान सकिनन् कारण उनकी पनि वृद्ध आमा पटक्कै हिंड्न सक्तिनन्, उनको स्याहार गर्नै प¥यो । बिचरा बालक प्लास्टिक झोलामा पासपोर्ट र थांग्ना भोटाको झोला पिठ्यूँमा बोक्दै बिदेसिन्छन् ।
भन्सार नाकाले सहयोग गरिदिएछन् आफन्तकहाँ पु¥याउन तर हिंड्न त आपैंm प¥यो नि । संसारमै यो समाचारले प्राथमिकता पायो हामी कहाँ भए कानुनलाई टपक्क टिपेर १७ वर्षको उमेरका सेलिब्रेटी १ वर्षअघिको कुरालाई तानेर आपैंmसँग काम गर्नेलाई जेल हाल्थे । यता चीनको जस्तो सञ्चारमा प्रतिबन्ध पनि नलाउने, संविधान उत्कृष्ठ भन्दै सूचनाको हक भनी मौलिक हकको भारी कुरा गर्ने अनि कारबाही गर्ने तत् तत् कानुन हुँदाहुँदै फेसबुके, युट्युबलाई किन समात्ने र । फेसबुकमा लेखेकै भरमा दुईतिहाइको सरकारले एक जना विशिष्ट श्रेणीकालाई कारबाही ग¥यो, उनले अदालतबाट सफाइ पाए, उनैले राजाको पालामा स्वयं सरकार सक्रिय सहभागी नहुँदा राम्रोभन्दा समातिएका थिएनन् । ्
आज संसार नै आईटीको युग भएको छ पहिले आपैंm बानी लगाइदिने पछि आपंैm कैंची काट्ने, अहिले सबैभन्दा छिटो सूचना युट्युबबाटै हुन्छ, सामाजिक सञ्जालबाटै हुन्छ बिस्तारै टिभी, रेडियो, प्रिन्ट मेडियाभन्दा अनलाइन अगाडि गइसकेको र आप्mनो विरोधको स्वर तीव्र हुन लागेको बुझेर सरकार यसमा मार हान्न थालेको स्पष्टै हुन्छ । होइन, भने कहाँ खराबी भयो त्यहाँ कारबाही गरे भइहाल्छ, सूचनामा प्रतिबन्ध अनि ढाड सेक्नेगरी लगाउने दस्तुर कसरी सह्य हुन्छ, व्यापारीकै हिसाबले सामाजिक कार्यलाई हेरिनु हुन्न, सेवा व्यवसाय गैरनाफामूलक पनि हुन्छन् ।
दैलो अगाडिको फोहोर उठेको छैन, मेलम्चीको सपना पूरा भएको छैन, त्यसैले पनि उत्साह देखिँदैन
यक्रेनी जनता भैंm नेपाली शरणार्थी हुनुपरेको अवस्थामा कसले के गर्ने हो यकिन छैन, असंलग्नतालाई बिर्सेर कुनै देशतिर ढल्कुमल्कु हुन लाग्दा भाग्ने सामथ्र्य आमनागरिकमा हुँदैन, हुने खानेलाई असहज नहोला तर हुँदा खानेको पीडा कसले बुभ्mने ? असहज त अहिले नै भइसकेकको छ सिमानाको, समस्या चुच्चे र बुच्चे नक्साको, महँगीको, व्यापार घाटाको तथा बेरोजगारीको । सुत्केरीको पीडा छ बाटैमा अकाल मृत्यु, घाटमा पीडा छ समयमै लास जलाउन पाइँदैन, दाउराको मोल नै बढी छ, किसानलाई बिउ, बजार, मल, सिँचाइको अभाव छ, उपभोक्ता हित नाम मात्रको छ, जारको पानीले दिन कति बिताउँने, सडकमा फोहोर छ ।
स्वास्थ्यमा आमनागरिकको पहँुच छैन, शिक्षामा त्यस्तै छ, बिचौलियाको रजगज छ, स्थानीय सरकार सिंह जस्तो भएर आप्mनो नंग्राले गाउँ चिथोर्दै छ, असारे, डोजरे माटो छोप्ने विकास छ, बेरुजु त्यहीँ बढी छ कुल बेरुजुको २५ प्रतिशत बढी, त्यहीँ दलका आफन्त मोटाएका छन्, योग्यतामा नबिकाउहरू त्यहीँ बिकेका छन्, कानुनविपरीतका खर्च असुल्न महालेखाले भनेको त्यहीँ धेरै छ, तर असुल्न सक्ने अवस्था देखिँदैन । मर्नु न बाँच्नुको दोसाँधमा नेपालीहरू बालुवाको माछा भैंm भएका छन्, त्यसकै सेरोफेरोमा महँगो निर्वाचन आइरहेको छ, नेपाली आमाले धान्ने कसरी ?
यही फागुन २६ देखि देशव्यापी उत्सव, वसन्तोत्सव फागुको उत्सव सुरु त भयो । रंगको पर्वका रूपमा चिनिएको यो महोत्सव फाल्गुण शुक्ल अस्टमीदेखि आरम्भ भई पूर्णिमासम्म र तराई भेगमा त्यसको भोलिपल्ट उत्सर्गका रूपमा पुग्नुपर्ने हो । अधिकारको दुरुपयोग गर्नेलाई होलिकाको अवस्था हुने बिम्ब पस्कँदै समापनतिर जाने यो पर्व सत्ययुगदेखि नै आरम्भ भएको त हो । धर्म, संस्कृतिको अक्षुणतालाई कायम राख्ने नेपालीका घर आँगनमा वसन्तको महोत्सव, होलीपर्व हर्ष र विजयोत्सवका रूपमा सदा भैंm यस वर्ष पनि आयो कर्मकाण्डीका रूपमा । खुसियालीका लागि त मनमा उत्साह पनि हुनुपर्छ नि ।
देशको चिन्ता नगरी झुसे डकार लाउँदै खाइरहन त सकिन्न नि, धर्म र संस्कृति पनि विखण्डनतिर उन्मुख छ, हरेक विषयमा समर्थन र विरोध भनौं अन्तरविरोधको स्वरमा हुर्कन लागेको समाजलाई यो पर्वले निश्चय नै सद्भाव र भाइचारा अनि राष्ट्रिय एकताको सन्देश दिन्छ भन्ने आशा त गरौं तर कसरी मन भारी हुँदै छ । नयाँ ऊर्जा, नयाँ उत्सव, नवीनतम जोस र जाँगर लिएर नेपालीको भावी चित्र खिच्ने अभिलाषा बोकेर नववसन्तको खोजी गरिरहेका आमनेपालीबीच अतीतका कटु यथार्थलाई बिर्सेर धार्मिक, सांस्कृतिक सद्भाव र मौलिक चिनारी प्रस्तुत गर्न उद्दत् नेपालीहरू के तराई, के उपत्यका के पहाड सबैतिर एक सातासम्म होली महोत्सव मनाउन सके राम्रो हो । चीरदाहको नामले परिचित फागुलाई असत्यमाथि सत्यको विजयोत्सवका रूपमा लिए राम्रो हो तर असत्य नै असत्यबीच कोरा राजनीतिको रंग दलेर सधंै दलको नियन्त्रणमा देश रहेर भविष्यको आशा गर्ने कसरी ?