मिसन पुस्तकालय अभियानमा जेभियर इन्टरनेशनल कलेज

काठमाडौं। काठमाडौंको कालोपुल स्थित जेभियर इन्टरेशनल कलेजले धादिङ जिल्ला गजुरी गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा मिसन पुस्तकालय कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ। एक पुस्तक एक ज्ञान, एक पुस्तकालय अनेक ज्ञान भन्ने धारणाका साथ ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न आवश्यक पुस्तक उपलब्ध गराउने सो कार्यक्रमका संयोजक यसै कलेजका उपप्राचार्य दिपेन दाहालले जानकारी दिए ।

जेभियर इन्टरनेशनल कलेजका विद्यार्थीहरूको सहभागितामा र आदर्श माध्यमिक विद्यालय, गजुरीमा अध्यनरत विद्यार्थीहरको सहभागितामा यस कार्यक्रम सम्पन्न भएको थियो। सामाजिक रुपान्तरणका लागि सामुदायिक विद्यालय तहमा आगामी दिनहरुमा यसै मिसन पुस्तकालयका साथ मिसन शिक्षा र मिसन आविष्कार कार्यक्रम गर्ने योजना रहेको जेभियर इन्टरनेशनल कलेजका उपप्राचार्य दिपेन दाहालले जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 590 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कालिञ्चोक गाउँपालिकामा अध्यक्षमा शिवाकोटी र उपाध्यक्षमा बुढाथोकी निर्वाचित