चुनावी नारा नबनोस् मेलम्ची

गत असारमा आएको बाढीपहिरोका कारण रोकिएको मेलम्चीको खानेपानी यही चैत्र महिनाभित्र काठमाडौं उपत्यकाका ल्याइसक्ने तयारीमा सरकार लागिरहेको भनिए पनि समयमै यो काम सकिएला भन्नेमा आशंका हटिसकेको भने छैन । बाढी पहिरोले क्षति पु¥याएको ठाउँमा मर्मत तथा निर्माण कार्य जारी रहे पनि पुनर्निर्माण कार्यले कत्तिको गति पाउँछ भन्नेमा अझै पनि अन्योलता रहेको छ । कामलाई तीव्रता दिनका लागि मेलम्ची सुरुङमा जम्मा भएको गेगर, माटो र चट्टानले बाधा पु¥याइरहेको छ । पानीको मुहानमा जम्मा भएका ठूला चट्टान विस्फोटक पदार्थको प्रयोग गरी हटाउन सकिने भए पनि सरुङभित्रका चट्टान भने त्यसरी हटाउन सम्भव छैन । तर पनि अहिलेसम्म ६० हजार मेट्रिक टन यस्ता ढुंगा र माटोसहितको गेगर हटाइसकिएको छ । यसले भनेकै समयमा मेलम्चीको पानी काठमाडौं उपत्यका भिœयाउन सकिने सम्भावना देखाएको छ । क्षति पुगेका ठाउँमा चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो र नेपाली सेनाले कामलाई गति दिइरहेका छन् । यो काममा नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थ पनि प्रयोग भइरहेकाले कामले गति पाइरहेको छ । कम्पनीका अनुसार अहिले लगभग ६० प्रतिशत काम भइसकेको छ ।

चैतभित्रै काठमाडौं उपत्यकामा पानी ल्याइपु¥याउन नसकेमा यो विषय फेरि स्थानीय निर्वाचनको मसला बन्ने र कामले झनै गति नपाउने विश्लेषकको गुनासो छ । विकासमा सधैं राजनीति हुँदै आएको हुनाले पनि फेरि मेलम्ची खानेपानीलाई कतै स्थानीय र त्यसपछिको संघीय तथा प्रादेशिक चुनावको नारा बनाउँदै लम्ब्याउने त होइनन् भन्ने आशंका उठ्न जानु पनि अस्वाभाविक हुन सक्दैन । तर, पनि आगामी चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिक रूपमा वितरण गर्नेगरी काम थालिएप्रति भने जनता केही बढी आशावादी रहेका छन् । यो पानी काठमाडौं भित्रिए पनि वर्षा सुरु भएसँगै केही महिनाका लागि खानेपानीको सुरुङ बन्द गरिनेछ । पहिलो कुरा त मर्मत र निर्माण कार्य समयमै सम्पन्न हुन सक्ला वा नसक्ला भन्ने आशंका छ, दोस्रो कुरा, सम्पन्न पनि भइसक्ने वा नहुने अनि वर्षा सुरु हुने भएपछि मेलम्चीको पानी फेरि एक वर्षका लागि राजनीतिक नारा, आश्वासन, गीत, व्यंग्य र कथामा उनिन पुग्ने देखिन्छ । यसले निर्माण गर्ने आमजनताको नकारात्मक मनोविज्ञानले कति नेपालीलाई असर पु¥याउला समय छँदै ख्याल गरिनुपर्छ ।

नेपालमा विकास निर्माणका काम सधैं ढिला हुने, भनेको समयभन्दा दोब्बर समय लिने र कतिपय काम त त्यत्तिकै रहने भएकाले पनि योजना निर्माणको प्राथमिकीकरणसँगै राष्ट्रिय गुरुयोजना निर्माणको थिति बसालिएको हो । यो अवधारणासँगै राष्ट्रिय गौरवका आयोजनाले नेपालमा प्राथमिकता पाउँदै गएका पनि हुन् । तर, राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनका लागि भने त्यहीअनुसार निर्माण सामग्री, दक्ष जनशक्ति र तयारी रहेको देखिँदैन । यसले गर्दा मेलम्चीजस्ता आयोजना बन्ने र भत्कने गरिरहेका छन् । योजना निर्माणमा दूरदृष्टिको कमीका र स्वयं योजना कार्यान्वयनमा लापरबाही, कमसल सामग्रीको प्रयोग, उचित अनुगमनको अभाव, कमिसनको खेल र बिचौलियाको रजगजका कारण देशमा राष्ट्रिय गौरवका आयोजनाले मूर्तरूप धारणा गर्न सकिरहेका छैनन् । मेलम्चीको समस्या यसबाट पनि अछुतो रहन सकेन । यो कुराको बोधसँगै चैत्र महिनाभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने प्रयत्नमा तीव्रता दिइयोस् । यसलाई आगामी निर्वाचनको नारा बन्न र बनाइनबाट सतर्कता अपनाइयोस् ।

तपाइको प्रतिक्रिया
(Visited 258 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको ६० प्रतिशत मतगणना, मेयरमा समाजवादी अग्रस्थानमै