किन आएका थिए साउदी विदेशमन्त्री नेपाल ? के भयो द्विपक्षीय वार्तामा ?

;fpbL c/]laofsf /fhs'df/ ;fpb :jb]z kms{+b} sf7df8f}F, ! r}t M g]kfnsf] b'O{lbg] e|d0f ;s]/ z'qmaf/ lqe'jg cGt//fli6«o ljdfg:ynfaf6 :jb]z kmls{g' x'Fb} ;fpbL c/]laofsf /fhs'df/ tyf ljb]zdGqL km}hn cn lag km/xfg cn ;fpb . t:jL/M /Tg >]i7÷/f;;

काठमाडौं । दुई दिने नेपाल भ्रमण सम्पन्न गरी साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउद मंगलबार बंगलादेश प्रस्थान गरेका छन् । नेपाल र साउदीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षको इतिहासमा नेपालमा साउदीका तर्फबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमणमध्ये एक हो । यसअघि साउदी अरबका युवराज अल–वलिद विन तलालले नेपाल भ्रमण गरेका थिए ।

विन तलाललाई नेपाल सरकारले ‘महाउज्ज्वल राष्ट्रदीप’ पदवीबाट सम्मानित गरेको थियो । यो नेपालले विदेशी नागरिकलाई दिने सबैभन्दा ठूलो सम्मान हो । नेपालमा गणतन्त्र स्थापना भएपछि ‘महाउज्ज्वल राष्ट्रदीप’बाट सम्मानित हुने विन तलाल पहिलो विदेशी नागरिक बनेका थिए ।

विन तलालले साउदी राजकुमारको रुपमा २०६७ कात्तिक अन्तिम साता नेपालको भ्रमण गरेका थिए । विन तलालपछि साउदीबाट नेपालमा भएको दोस्रो उच्चस्तरीय भ्रमण पनि साउदी अरबको राजपरिवारका सदस्यबाट नै भएको छ । तर, यसपटक साउदले राजकुमारका रुपमाभन्दा पनि साउदी विदेशमन्त्रीको रुपमा नेपाल भ्रमण गरेका हुन् ।

साउदी विदेशमन्त्री मंगलबार विहान नेपाल–साउदी उच्चस्तरीय बैठकमा सहभागी बनेका थिए । बैठकमा दुई देशबीच ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’ (सहायता सम्झौता)मा हस्ताक्षर भएको थियो । सम्झौतामा पत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री साउदले हस्ताक्षर गरेका थिए ।

बैठक समिएपछि साउदी विदेशमन्त्री साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए । नेपाल–साउदी उच्चस्तरीय बैठकमा सहभागी परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार साउदी विदेशमन्त्री साउद एउटै मात्र उदेश्य बोकेर नेपाल भ्रमणमा आएका थिए ।

स्रोतका अनुसार उनले उक्त उदेश्यलाई नेपाल–साउदी बैठकमा स्पष्ट राखेका थिए । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार साउदी विदेशमन्त्रीले सन् २०२३ को अन्ततिर फ्रान्समा हुने अन्तरसरकारी निकाय ब्युरो इन्टरनेसनल एक्सपोजिसन् (बीआइई)को निर्वाचनमा आफ्नो देशको पक्षमा मत मागेका थिए । उनी यही मत माग्नको लागि नेपाल भ्रमणमा आएका थिए ।

बीआइईमा नेपाल लगायत विश्वका १७० राष्ट्र सदस्य रहेका छन् । सन् २०३० मा बीआइईले आयोजना गर्ने ‘वल्र्ड एक्स्पो २०३०’ को लागि रुस, दक्षिण कोरिया, इटाली, युक्रेन र साउदी अरब गरी पाँच देशले आवेदन दिएका छन् ।

‘वल्र्ड एक्स्पो २०३०’ आयोजना कस्ले गर्ने भन्ने निर्णय मतदानाबाट गरिने छ । मतदानमा बीआइई सदस्य राष्ट्रहरुले मतदान गर्नेछन् जहाँ नेपाल पनि सहभागी हुनेछ । यसैकारण उक्त मतदानमा साउदीको पक्षमा मत माग्न उनी नेपाल आएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 442 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चुरेमा अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस उम्मेदवार विजयी