साउदी विदेशमन्त्री फैज नेपालमा


काठमाडौं । दुईदिने नेपाल भ्रमण आएका साउदी अरेबियाका विदेशमन्त्री फैजल बिन फरहना बिन साउदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरेका छन् ।

राष्ट्रपति शीतल निवासमा भएको भेटमा नेपाल र साउदी अरेबियाको दुई पक्षीय सम्बन्ध विस्तारको विषयमा कुराकानी भएको राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए । राष्ट्रपति भण्डारीले साउदी अरेबियाका विदेशमन्त्रीसँग दुई देशबीच रहीआएको सम्बन्ध अझै विस्तार गर्नुपर्नेमा जोड दिएको ढकालले बताए ।

त्यस्तै, मंगलबार दिउँसो नै साउदी विदेशमन्त्री फैजले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए । भेटका बेला दुई देशबीचको सम्बन्ध र विविध आयाम’bout छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री देउवाले नेपाललाई साउदी अरेबियाले दिँदै आएको सहयोगका लागि धन्यवाद दिएका थिए ।

साउदी विदेशमन्त्री फैजको उच्चस्तरीय भेटहरूमा नेपाल–साउदी अरेबिया द्विपक्षीय सहकार्यका विविध पक्ष’bout कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आजकै दिन सन् १९७८ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

दुई नेपालीलाई आममाफी दिन परराष्ट्रमन्त्री खड्काको आग्रह

फैजले परराष्ट्रमन्त्री डा. खड्कासँग परराष्ट्र मन्त्रालय सिंहदरबारमा भेट गरेका थिए । भेटमा मन्त्री खड्काले साउदीमा मृत्युदण्डको सजाय सुनाइएका दुई नेपाली सन्तबहादुर पुन र विवेक दाहाललाई आममाफी दिएर जीवन रक्षा गरिदिन आग्रह गरेका थिए ।

साउदी जेलमा रहेका पुनले साउदीको दक्षिणी क्षेत्रमा पर्ने गुरियतको नासफाह गाउँमा भेडा चराउने क्रममा एक साउदी नागरिकलाई भेडा चोर्न आएको निहुँमा चक्कु प्रहार गरेर हत्या गरेका थिए । चुक्कु प्रहारबाट घटनास्थलमै साउदी नागरिकको मृत्यु भएपछि उनले आफूमाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका पुनको उपचारपछि उनलाई स्थानीय कुरैयात अदालतले २०५८ साल जेठमा मृत्युदण्डको फैसला सुनाएको थियो । हाल उनी साउदी कारागारमा जेल जीवन बिताइरहेका छन् ।

त्यस्तै, अर्को माफीका लागि आग्रह गरेका व्यक्ति हुन् विवेक दाहाल । उनी उदयपुरका हुन् । दाहाल झन्डै १५ वर्षयता साउदीको जुबेलस्थित जेलमा छन् । उनीमाथि आफ्नै नेपाली साथी राजेन्द्र विष्टको सुतिरहेको अवस्थामा हत्या गरेको अभियोग छ । उनलाई एक वर्षअघि अदालतले मृत्युदण्ड सजाय सुनाएको थियो ।

दुई देशबीच ‘जेनरल को–अपरेसन एग्रिमेन्ट’मा हस्ताक्षर

साउदी अरेबियासँगको सम्बन्ध विस्तारको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उच्चस्तरीय भेटवार्तापछि नेपाल र साउदीका दुई मन्त्रीले सहयोग अभिवृद्धि गर्नेसम्बन्धी ‘जेनरल को–अपरेसन एग्रिमेन्ट’मा हस्ताक्षरसमेत गरेका छन् । मन्त्रिपरिषद् बैठकले गत साता सो सम्झौतामा हस्ताक्षरका लागि परराष्ट्र मन्त्रालयलाई स्वीकृति प्रदान भएको थियो । नेपाल र साउदीबीच राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा सहकार्यका लागि सो सम्झौताले बाटो खोल्नेछ । नेपालको औपचारिक भ्रमणका लागि २३ सदस्यीय टोलीको नेतृत्व गर्दै साउदीका राजकुमारसमेत रहेका विदेशमन्त्री फैजल सोमबार साँझ काठमाडौं आएका थिए । नेपाल भ्रमण सकेर मंगलबार दिउँसो विदेशमन्त्री फैज बंगलादेश प्रस्थान गरेका छन् ।

यसअघि १२ वर्षअघि नोभेम्बर २०१० मा साउदीका राजकुमार अलवालिद बिन तलाल नेपालको अनौपचारिक भ्रमणमा आएका थिए । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले तलाललाई महाउज्जवल राष्ट्रदीपबाट विभूषित पनि गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी उम्मेदवार, जसलाई आफूबाहेक कसैले पनि पत्याएनन्