निर्वाचनमा मतदाताको विवेक

२०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा भइसकेकाले निर्वाचनको चटारोमा दल र नेता लाग्न थालेको देखिन्छ । तोकिएको स्थानीय निर्वाचन नजिकिएसँगै दलको आन्तरिक तयारी चल्दै गर्दा सर्वसाधारण जनता पनि आफ्ना चिया चौतारीमा आफ्नो मतदान कसरी गर्ने भन्ने सम्बन्धमा चर्चा चासो व्यक्त गर्न थालेको सुुनिन्छ । मत भनेको प्रतिनिधि वा अधिकारी छान्नुपर्ने विषयका सम्बन्धमा देखाइएकोे अभिव्यक्ति हो । मतदाता शब्दभित्र दुई अर्थ हुन्छ मतदिने कार्य गर्ने व्यक्ति र मतदिने अधिकार भएको व्यक्ति, जसले संविधानद्वारा प्रद्धत हक सुविधा प्रयोग गर्दछ । मतदान लोकतन्त्रको मेरुदण्ड र सुन्दर पक्ष हो । मतदान गर्नु भनेको कसैको पक्षमा मत प्रयोग गर्ने काम भन्ने बुझिन्छ । मतको आकांक्षा गर्ने राजनीतिज्ञले मानिसलाई मत उत्प्रेरित गर्न सक्नुपर्छ । व्यक्तिले मतदान गर्ने कि नगर्ने भन्ने कुराको निर्णय गर्दा आफू र अरूहरूबीचमा रहेका मुद्दासम्बन्धी भिन्नतामा जोड दिएर जनताले उम्मेदवारबीच देख्नसक्ने भिन्नतामा वृद्धि गराउन पनि सक्नुपर्छ ।

मतदान भइसकेपश्चात् विजय हुँदा प्राप्त हुने मूल्य (फाइदा) र अहिले जनताले मतदान गर्दा लागेको लागत तथा दुःख मेहनतबीच तुलना गर्न सक्नु पनि पर्दछ । कसलाई मत दिँदा के हुन्छ ? भन्ने कुरा र कसलाई मत दिँदै छौं भन्ने कुरा नै नजानिकन अरूले भनेको आधारमा कुनै चुनाव चिह्नमा मत दिने कार्य हुनु देशका लागि दुर्भाग्य सावित हुन पुग्दछ । मानिसले मतदान केका आधारमा गर्छ भन्ने सम्बन्धमा फ्रोहलिक र ओपेनहिमरले मतदान गर्दा प्राप्त हुने फाइदा र मतदान गर्दा लागेको लागतको तुलना गरेर मात्र गर्छ भन्ने गरेको पाइन्छ । यसैगरी एन्थोनि र डाउन्सले पनि मतदानसम्बन्धी कार्यको विश्लेषण गरेका छन् जसअनुसार मतदाताहरू विवेकशील हुन्छन् भन्ने पाइन्छ । तसर्थ, यसका निम्ति मतदाताले विकल्पको मूल्यांकन गरेर आफनो अपेक्षित उपयोगितालाई उच्चतम बनाउने हिसाबले उपयुक्त विकल्पको छनोट गर्छन् । उदाहरणस्वरूप कुनै मतदाताले एउटा पार्टीलाई मन पराउने भए तापनि श्रीमतीले भनेको पार्टीलाई मत नदिएमा श्रीमती रिसाउने सम्भावना रहेको अवस्थामा उसका निम्ति आफूले मन पराएको पार्टीको विजयभन्दा श्रीमती नरिसाउने पार्नका निम्ति श्रीमतीले भनेकै पार्टीमा मत हालिदिने कुरा बढी महत्वपूर्ण हुने भई श्रीमतीले भनेको पार्टीमा मत दिन पनि सक्तछ भन्ने मत व्यक्त गरेको पाइन्छ । तर, यस्तो व्यवहार अराजनीतिक उद्देश्यका निम्ति राजनैतिक उपकरण प्रयोग भएको मानिने भएकाले यसलाई अविवेकपूर्ण हो भन्ने यस सिद्धान्तले ठान्दछ । कुन पार्टी वा उम्मेदवारले विजय प्राप्त गरेमा के गर्लान् भन्ने कुराको आधारमा विभिन्न पार्टी वा उम्मेदवारको तुलना गर्दा व्यक्तिले केही व्यवहारसिद्ध नियमको उपयोग गर्न आवश्यक हुन्छ ।

त्यही बेला नै छिमेकी भारतले नाकाबन्दी गर्दा राष्ट्रिय स्वाधीनता र स्वाभिमानको आवाजलाई बुलन्द पारियो । भूपरिवेष्टितबाट भूजडित हुँदै परनिर्भरताबाट माथि उठ्न चीनसँग व्यापार र पारवहन सन्धिसम्झौता गरियो । यसरी देश र जनताको हितमा धेरैै काम एमाले सरकारको कार्यकालमा भएको देखिन्छ

डाउन्सले यस समस्याको समाधान गर्न हालको व्यवहारलाई भविष्यको व्यवहारको सूचकका रूपमा ग्रहण गरेर भविष्यमा हुने प्रवृतिको अनुमान गर्ने जस्ता विभिन्न तरिकाको उल्लेख गरेका छन् । एकपटक पार्टी वा उम्मेदवारको भावी कार्य व्यवहारको अनुमान गरिसकेपछि भने उम्मेदवार दुइवटा मात्र रहेको अवस्थामा अरू कुराको गणना गर्न त्यति असजिलो हँुदैन किन भने अब मतदाताले विभिन्न उम्मेदवार वा पार्टीको विजयवाट आफूले प्राप्त गर्ने उपयोगिताजन्य आम्दानीको तुलना गर्न सक्दछ र जुन छनोटबाट भावी निर्वाचनको अवधिमा यस्तो आम्दानी बढी हुने उसलाई विश्वास लाग्छ र त्यसैको पक्षमा मतदान गर्छ । यस प्रकार कतिपय विवेकशील मानिसले प्रत्येक निर्वाचनमा स्वाभाविक रूपले उही पार्टीलाई मत दिन्छन् भन्ने कुरा डाउन्सले उल्लेख गरेका छन् । हाम्रो मुलुकमा पनि अघिल्ला निर्वाचनमा आफूहरूले कम्युनिस्ट कांग्रेस या अरू कुनै पार्टीलाई मत दिएको हुनाले आफूले मत दिँदै आएको पार्टीलाई अहिले किन छाड्ने भनेर पछिका निर्वाचनमा पनि अगाडि आफूले मत दिएकै पार्टीलाई मत दिने धेरैै मतदाता रहेको पाइन्छ । यस आधारमा कतिपय राजनैतिक नेता वा जनप्रतिनिधिले आफ्नो कार्यकुशलता देखाउन वा उल्लेखनीय काम गर्न नसकेकै भए पनि पहिले प्राप्त भएका मतकै हाराहारीमा मत प्राप्त हुने विश्वास लिएर बसिरहेको अवस्था छ । यसरी एउटै पार्टीलाई मत दिने आदत बनाएका मतदाताले आफ्ना सबभन्दा महŒवपूर्ण हित वा आकांक्षमा ठूलो आघात नपर्दासम्म राम्रो सूचना प्राप्त नगरिकनै आफ्नो निर्णयलाई यान्त्रिक ढंगले दोहो-याउने वा उही पार्टीलाई मतदान गर्ने निश्चय गरेका हुन्छन् ।

फलस्वरूप अरू आदतले जस्तै यस्तो आदतले पनि समाजमा परिवर्तन ल्याउने किसिमका सूचनाको जानकारी लिने र खोजअनुसन्धान गर्ने कामबाट मतदातालाई रोकेको देखिन्छ । तर, अबचाहिं यस्ता दीर्घकालीन पार्टी पहिचान बनाएका मतदाताले आफ्ना हित वा आकांक्षमा ठूलो आघात पर्ने कुराको पहिले नै सुसूचित हुनु जरुरी छ । यसरी सुसूचित हुन सकियो भने पुरानो पहिचान वा अनुरागको साटो सरोकारको विषय वा आफ्ना हित हुने मुद्दाका निम्ति मतदान गर्न सफल हुन सकिन्छ । यस कुरालाई नेपालमा २०४७ सालपछिका वर्षमा ६० वर्ष वा सोभन्दा बढी उमेरसमूहका मानिसको मतदानको प्रवृृतिको मोटामोटी आँकलनले पनि स्पष्ट पार्ने देखिन्छ । मतदानको प्रवृत्तिको सरसरी अध्ययन गर्दा प्रतिनिधिसभाको २०५१ सालमा भएको निर्वाचनको अवधिसम्म यस उमेरसमूहका मतदाताले नेपाली कांग्रेस र अरू नेकपा एमालेबाहेकका पार्टीसित सम्बद्ध उम्मेदवारको पक्षमा बढी मात्रामा मतदान गर्ने गरेको अनुमानमा ततपश्चात् गठन भएको नेकपा एमालेको सरकारले ६५ वर्ष वा सोभन्दा माथि उमेर भएका मानिसलाई मासिक रूपले वृद्धभत्ता उपलब्ध गराउने नीति लिएपछि फरक परेको दृष्टान्त छ । त्यसपछि भएका निर्वाचनमा यस उमेरसमूहका मतदाताबाट नेकपा एमालेले त्यसअगाडिका निर्वाचनमा भन्दा बढी मत प्राप्त गर्न थालेको जगजाहेर नै छ ।

महँगी बढेको छ । भ्रष्टाचार बेथिति राष्ट्रिय ढुकुटीकोे दोहन व्यापक छ । यस्तो अवस्थामा जनताले मत कसलाई देलान् ? सोझै अनुमान गर्न सकिन्छ

अहिले पनि जिम्मेवारी र कर्तव्यबोधका साथ देशको रक्षा र हित गर्ने अभिभारा एमालेकै हो भन्ने सम्झिएर देशहित जनहितमा काम गरिरहेको अवस्था प्रस्टै देख्न सकिन्छ । यस पार्टीभित्र सहमति समझदारी र आन्तरिक एकता सुदृढ छ । यो पार्टी वैचारिक स्पष्टताका साथ निर्दिष्ट गन्तव्य, र सुस्पष्ट बाटोमा अघि बढेको छ । यसले सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय अभियानमा आफूलाई समर्पित गरेको छ । यस पार्टीले पब्लिक प्राइभेट र सरकारी तीनवटै क्षेत्रको अर्थतन्त्र विकासमा योगदान छ भन्ने बुझेर तीनखम्बे अर्थनीतिलाई अघि बढाएको छ । निजी क्षेत्रलाई पनि बढवा दिने तर राज्य र सहकारी क्षेत्रको उपस्थितिलाई पनि स्वाहा नपार्ने नीति लिएको छ जस्तो कांग्रेसले निजीकरणका नाममा ३८ भन्दा बढी उद्योग बेचेर स्वाहा पारेको थियो । विज्ञान र प्रविधि अगाडि बढाई समाजलाई आधुनिकीकरण गर्ने र सामाजिक सुविधा उपलब्ध गराउँदै जाने नगरेको भए कोभिड–१९ का बेला बेहाल हुने थियो । त्यसबेला जुम मिटिङको अभ्यास गरिसकेको हुनाले सिंहदरबारबाटै सिधै मेलम्चीलगायत राष्ट्रिय गौरवका आयोजनामा समेत काम कसरी भइरहेको छ भनी हेर्न थालिएको थियो । हामी धर्तीको अर्बिट क्रस गरेर अन्तरिक्षमा प्रवेश गरेका छांै हामीलाई दिएको आकास स्पेस अर्कैले प्रयोग गरिरहेकोमा अब हामीले प्राप्त गरिसकेका छांै ।

दक्षिण एसियामा हामी मात्र पहिलो त्यस्तो मुलुक हौं जसले काहाँको माटो कस्तो छ ? यो वारिको माटो कस्तो हो भन्ने कुरा मोबाइल एप्समा कृषकले थाहा पाउने भएका छन् । यसबाट कृषकले आफ्नो वारि जग्गामा कुन बाली लगाउने भन्ने कुराको फैसला आफैं गर्न सक्छन् । भूकम्पले थिलथिलो भएको अवस्थामा देशभरि स्वयंसेवक खटाएर निर्माण र जीर्णोद्वारको कामलाई सरकारी पक्षबाट तीव्रता दिने काम गरियो । त्यहीबेला नै छिमेकी भारतले नाकाबन्दी गर्दा राष्ट्रिय स्वाधिनता र स्वाभिमानको आवाजलाई बुलन्द पारियो । भूपरिवेष्टितबाट भूजडित हुँदै परनिर्भरताबाट माथि उठ्न चीनसँग व्यापार र पारवहन सन्धिसम्झौता गरियो । यसरी देश र जनताको हितमा धेरै काम एमाले सरकारको कार्यकालमा भएको देखिन्छ । तर, वर्तमान सरकार आफ्नै देशको सीमारक्षा गर्न सक्दैन, आफ्नै नागरिकको रक्षा गर्न सक्दैन । भारतको सीमारक्षकले तुइन चुडाएर नेपाली जयसिंह धामी मार्दा कारबाही गराउन अनुसन्धान गर्न जान सक्तैैन तर, आफ्नो भूमिमा भारतीय हेलकोप्टर फन्को मारिरहँदा पनि एकवचन बोल्न सक्दैन ।

आजभोलि दार्चुला जिल्लामा पर्ने महाकाली नदीमा एकतर्फी बाँध बनाउँदै छ त्यहाँका स्थानीय नेपालीले प्रतिवाद गरिरहेका छन् तर, सरकार थाहा नपाए झंै गरी एक शब्द बोल्न सक्दैन । देशका आमबुद्धिजीवीले एमसीसी देशघाती सम्झौता हो भन्दा भन्दै जबरजस्ती पास गराउँछ । अघिल्लो सरकारले सुरु गरेका राम्रा राम्रा आयोजना पूर्वाधारका काम सबै कटाउँछ रोक्दछ । महँगी बढेको छ । भ्रष्टाचार बेथिति राष्ट्रिय ढुकुटीकोे दोहन व्यापक छ । यस्तो अवस्थामा जनताले मत कसलाई देलानन् ? सोझै अनुमान गर्न सकिन्छ । यी सबै कुराको सुसूचित हुने मौका नेपाली जनताले सञ्चार माध्यमबाट पाएका छन् । अतः स्थानीय निर्वाचनमा मतदाताले सही सदुपयोग गर्नेछन् भन्ने आशा गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 346 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चुनाव स्वच्छ र निष्पक्ष बनाउने दलको प्रतिबद्धता