म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगको प्रि-क्‍वाटर फाइनलमा पराजित

लन्डन । इङ्लिस क्लब म्यानचेष्टर युनाइटेड युइएफए च्याम्पियन्स लिगको प्रि-क्‍वाटर फाइनलमा पराजित हुन पुगेको छ । घरेलु मैदान ओल्ड ट्राफोल्डमा युनाइटेड स्पेनिस क्लब एट्लेटीको मड्रिडसँगको दोस्रो लेगमा १-० गोलले पराजित भएको हो । पहिलो लेग १-१ गोलको बराबरीमा खेलेको युनाइटेड समग्रमा २-१ गोलको हार व्यहोर्दै च्याम्पियन्स लिगको अन्तिम सोह्रबाटै बाहिरिएको छ ।

आज बिहान सम्पन्न खेलको पहिलो हाफको ४१औं मिनेटमा ब्राजिलियन डिफेन्डर रेनान लोडीले एन्टोनी ग्रिजमनको क्रसलाई हेडरमार्फत एक मात्र निर्णायक गोल गरेका थिए । युनाइटेडले बल पोजिसनमा अधिकांश समय पकड जमाए पनि गोल गर्न भने सकेन । त्यसैगरी आजै सम्पन्न अर्को खेलमा पोर्चुगिज क्लब बेनफिकाले अजाक्सामाथि जीत निकाल्दै च्याम्पियन्स लिगको क्‍वाटर फाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेग २-२ गोलको बराबरी खेलेको बेनफिकाले आजको दोस्रो लेगमा अजाक्सलाई १-० गोलले पराजित गर्दै समग्रमा ३-२ गोलले अन्तिम आठमा आफ्नो स्थान पक्का बनाएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 256 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेताका आफन्त कसले जिते, कसले हारे ?