एकीकृत समाजवादीले जनपरिचालन अभियान चलाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनअन्तर्गत जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

‘जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ नाराका साथ एकीकृत समाजवादीले जनपरिचालन अभियान गर्ने जनाएको छ ।

त्यस्तै बैठकले प्रदेशको कामको अनुगमन मूल्यांकन र वस्तुस्थितिको अध्ययन गर्न सबै प्रदेशमा एक–एक जना सचिवालय सदस्यलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यी नेताले याे जिम्मेवारी पाएका छन्

प्रदेश नम्बर १ – प्रमेश हमाल, उपाध्यक्ष
मधेश प्रदेश – जगन्नाथ खतिवडा, उप माहासचिव
वाग्मती प्रदेश – गङ्गलाल तुलाधर, उप महासचिव
गण्डकी प्रदेश – जयन्ती राई, उपाध्यक्ष
लुम्विनी प्रदेश – बिजय पौडेल, उपमहासचिव
कर्णाली प्रदेश – बेदुराम भुषाल, महासचिव
सुदूरपश्चिम प्रदेश – रामचन्द्र झा, सचिवालय सदस्य

तपाइको प्रतिक्रिया
(Visited 271 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिन्धुपाल्चोकमा माओवादी र समाजवादीका कार्यकर्ताविच झडप