भलिबलमा चितवनलाई दोहोरो उपाधि

चुरे (मकवानपुर) । प्रदेश खेलकुद विकास परिषद् बाग्मती प्रदेशको आयोजनामा जारी खेलकुदअन्तर्गत महिला र पुरुष दुवै भलिबलमा चितवन प्रथम भएको छ । चितवनको माडी खेल मैदानमा भएको महिला भलिबलतर्फ चितवनले रामेछापलाई २५–१०,२५–१८,२५–११ मा हराएको थियो । पुरुषतर्फ भने चितवन नै प्रथम भएको छ । पुरुषतर्फ चितवनले सिन्धुलीलाई २५–२१, २५–२१, २५–१९ मा हराएको खेल संयोजक अशोक काजी थापाले बताए । विजेता र उपविजेतालाई बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलगायतका व्यक्तित्वले मेडल, नगद र प्रमाणपत्र प्रदान गरे ।

फुटबल
बुधबार भएको पुरुष फुटबलतर्फ दोलखा र ललितपुर सेमीफाइनलमा प्रवेश गरेका छन् । हेटौंडाको क्याम्पा रंगशालामा जारी खेलको पहिलो क्वाटरफाइनल ललितपुरले टाइब्रेकरमा ४–१ गोलअन्तरले रामेछापलाई पराजित ग¥यो ।

त्यस्तै, दोस्रो खेल दोलखाले भक्तपुरलाई ३–१ गोलअन्तरले दोलखाले सेमीफाइनल यात्रा तय गरेको छ । पहिलो सेमीफाइनल खेल ललितपुर र धादिङबीच हुनेछ भने दोस्रो खेल दोलखा र मकवानपुरबीच हुने खेल संयोजक कल्पना शर्माले बताए । खेल नकआउट चरणमा खेलाइएको छ ।

पुरुष क्रिकेटतर्फ
चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरुषतर्फको जारी क्रिकेट खेलको पहिलो खेलमा सुपर ओभरमा दोलखालाई हराउँदै ललितपुर विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । खेलमा दोलखाले पनि २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो । बराबरी रनपश्चात् सुपर ओभरअन्तर्गत एक÷एक ओभर खेल्दा दोलखाले १३ रन र ललितपुरले १६ रन बनाउँदै ललितपुर विजयी भएको हो ।

त्यस्तै, दोस्रो खेलमा काभ्रे ९ विकेटले विजयी भएको छ । टस जितेर बलिङ रोजेको काभ्रेलाई सिन्धुपाल्चोकले ५ विकेट गुमाएर १५७ रन बनाएको थियो । काभ्रेले एक विकेट गुमाएर १२.१ ओभरमा १६१ रन बनाएकोे खेल संयोजक प्रेमबहादुर क्षेत्रीले बताए । शुक्रबार दुई खेल हुनेछ । पहिलो खेल भक्तपुर र काभ्रे तथा दोस्रो खेल मकवानपुर र ललितपुरबीच हुने क्षेत्रीले बताए । प्रतियोगितामा सिन्धुलीले सहभागिता जनाएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

स्वदेश फर्किए कतारका अमिर थानी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जित सुनिश्चित भएपछि बालेनले भने : हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरु हुनेछ