चैत १५ भित्र स्थानीय तहको रिपोर्ट पठाउन काँग्रेसको सर्कुलर

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तहमा पार्टीको अवस्था’bout १५ चैतभित्र जानकारी गराउन देशभर सर्कुलर गरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रदेशदेखि वडासम्मका कार्यसमितिको दायित्व ’boutमा जानकारी गराउँदै सर्कुलर पठाएका छन् ।

महामन्त्रीद्वयले जारी गरेको सर्कुलरमा अरू दल विभाजन पश्चात् पार्टीको शक्ति सन्तुलनको जानकारी पठाउन निर्देशन दिइएको छ । काँग्रेस छोडेर अन्य पार्टीमा गएका स्थानीय कार्यकर्ता र त्यसले पारेको पार्टीमा प्रभाव आकलन गरी केन्द्रमा पठाउन भनिएको छ । वैशाख ३० मा निर्धारित स्थानीय तहको निर्वाचन माहौल र पार्टीले तय गर्नुपर्ने बाटोका ’boutमा केन्द्रलाई चैत १५ भित्र जानकारी गराउन भनिएको छ ।

सात पृष्ठको सर्कुलरमा स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर गतिविधि गर्न तल्लो तहका सबै संरचनालाई निर्देशन दिइएको छ । पेसा, व्यवसाय, अध्ययनका लागि प्रदेश वा केन्द्रीय राजधानीमा गएका नागरिकहरूको तथ्याङ्क राख्न तथा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । पुराना मतदाताको अवस्था सहित नयाँ थपिएका मतदाता सहितको अभिलेख राख्न पनि भनिएको छ ।

स्थानीय तहलाई आफैँ घोषणापत्र बनाउन निर्देशन दिइएको छ । साथै, काँग्रेस विजयी भएका स्थानमा आफूले जितेको स्थानमा पाँच वर्षको अवधिमा गरेका सुधार, उपलब्धि तथा सकारात्मक कार्य घोषणापत्रमा समावेश गर्न सुझाइएको छ । आफू पराजय भएका स्थानमा विजयी दलले गरेका भ्रष्टाचार र अनियमितता देखाउन निर्देशन दिइएको छ ।

तल्लो संरचनाले गरेका गतिविधिको हरेक १५ दिनमा गतिविधिको उपल्लो तह सहित केन्द्रलाई जानकारी गराउन सर्कुलर गरिएको छ । जिल्ला कार्यालयहरू व्यवस्थित गराउन, विधानले तोके बमोजिम नियमित बैठक बस्न, जातीय छुवाछुतमा संलग्न कार्यकर्ता भेटिए पार्टीबाट निष्कासन गर्न पनि काँग्रेसले मातहतका कार्यालयलाई भनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा मतदाता प्रभावित पार्न बाँडियो भूमिको निस्सा