Thursday, August 5, 2021
Homeखेलनिहारिका र ग्रिनल्याण्ड विजयी

निहारिका र ग्रिनल्याण्ड विजयी

,
sharethis

मोरङ, ३० फागुन । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा निहारिका कलेज र ग्रिनल्याण्ड कलेज विजयी भएका छन् ।
विराट बुद्ध स्पोर्ट्स क्लबको आयोजनामा विराटनगरस्थित डिग्री कलेजको खेल मैदानमा भएको शुक्रबारको पहिलो खेलमा विराटनगरको निहारिका कलेजले हिमालय दर्शनलाई पराजित गर्यो । दोस्रो खेलमा विराटनगरको ग्रिनल्याण्ड कलेजले पथरीको रेडस्टार कलेजलाई पराजित गरेको हो ।

निहारिका कलेजले हिमालय दर्शन कलेजलाई ३–० गोलअन्तरमा पराजित गर्यो । उसका लागि खेलको २१ औं र ६१ औं मिनेटमा शिशिर लेखीले गोल गरे भने खेलको अतिरिक्त समयमा सनम धिमालले गोल गर्दै नतिजा ३ शुन्यमा पु¥याए । खेलको म्यान अफ द म्याच निहारिकाका शिशिर लेखी नै भए । उनले नगद ३ हजार १ सय रुपैयाँ प्राप्त गरे ।

यस्तै दोस्रो खेलमा विराटनगरको ग्रिनल्याण्ड कलेजले पथरीको रेडस्टार कलेजलाई २–० गोलमा पराजित गर्यो । ग्रिनल्याण्डका लागि खेलको १८ औं मिनेटमा सञ्जय धिमाल र २८ औं मिनेटमा सागर राईले गोल गरे । खेलको म्यान अफ द म्याच ग्रिनल्याण्डका मनिष थापा भए । उनले नगद ३ हजार १ सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा ग्रिनल्याण्ड, निहारिका, रेडस्टार, हिमालय दर्शन, कान्तिपुर, कोसी मल्टिपल, जनप्रिय माध्यमिक विद्यालय र महेन्द्र मेमोरियल एकेडेमीको सहभागिता रहेको छ ।  प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँका साथ १ वर्षको ५ लाख रुपैयाँको बीमा, उत्कृष्ट गोलरक्षकले नगद १० का साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बीमा, सर्वाधिक गोलकर्ताले नगद १० का साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बीमा प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट डिफेन्स र मिडफिल्डले जनही नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा सानिमा इन्स्योरेन्स र बैंकतर्फ सप्तकोसी बैंकले सहयोग गरेको छ ।

शनिबारको पहिलो खेल दुहबीको महेन्द्र मेमोरियल एकेडेमी र विराटनगरको कोसी मल्टिपल कलेज तथा दोस्रो खेल रंगेलीको जनप्रिय मावि र विराटनगरको कान्तिपुर कलेजबीच प्रतिस्पर्धा हुनेछ ।

(Visited 49 times, 1 visits today)

आजको समाचार

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

साताका लोकप्रिय समाचार

‘दाचुुर्ला काण्ड’ को विरोधमा विप्लव माओवादीको विरोध

तुलसीपर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा विरोध प्रर्दशन गरेको छ । जयसिंह धामी हत्याको विरुद्ध ‘दार्चुला काण्ड’मा तुलसीपुर बजारमा विरोध प्रदर्शन...

नेपाल प्रहरीको तह र दर्जा थप्न प्रस्ताव

काठमाडौं । नेपाल प्रहरीले आफ्नो संरचना पुनरावलोकन गर्दै तह र दर्जा थप गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । प्रहरी प्रधान कार्यालयले तल्ला तहका...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

ऐतिहासिक आँखी झ्यालबाट नेपालको अर्थ–राजनीति

नेपालको अर्थराजनीतिलाई ऐतिहासिक दृष्टिकोणबाट नियाल्दा विभिन्न कालखण्डमा भएका राजनीतिक विद्रोह तथा सामाजिक आन्दोलनमार्फत परिवर्तन आएको पाइन्छ । नेपाल समावेशी, संविधानवादको मूल्य मान्यतामा आधारित, समाजवाद...

ट्रेन्डिङ

कोठा भाडामा बस्नेहरुलाई आइसोलेसन व्यवस्था गर्न सरकार सँग माग

नवलपुर । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् कोरोना अनुगमन समितिका संयोजक डाक्टर प्रकाश शरण महतले कोठा भाडमा बस्ने तथा घर नभएकाहरु कोरोना संक्रमित हुदा सरकारले...

इंग्ल्यान्डमा फुटबल स्थगित

लन्डन । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अहिले विश्वको खेलकुद गतिविधि ठप्प छ । यसबाट कुनै पनि महादेशको ठूलादेखि साना खेलहरू अछुतो...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)