सर्लाही। सुदूरपश्चिम–११ सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार नेपाल पुलिस क्लबसँग ३–१ ले स्तब्ध भएको छ।
शुक्रवार भएको खेलमा विभागिय टिम नेपाल पुलिस क्लब र सुदूरपश्चिम–११ बीच भएको पहिलो सेमिफाईनल खेलमा नेपाल पुलिस क्लबले जित निकालेर प्रतियोगिताको फाईनल पुगेको आयोजक टिमले जनाएको छ ।
ब्वाईज युनियन क्लब काठमाडौं र नव जनजागृति युवा क्लब सिमरालाई हराएको पुलिस तथा बाईमा परेका कारण एनआटी क्लब काठमाडौंलाई हराउँदै सेमिफाईनल पुगेको सुदूरपश्चिमबीच कडा प्रतिष्पर्धा भएको थियो ।
बागमती नगरपालिका र बागमती युवा क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा दुई विदेशि टिम सहित १२ वटा क्लबले सहभागिता जनाएका छन् । प्रदेश २ कै सर्वा्िधक पुरस्कार राशीको यस प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै उत्कृष्ट खेल प्रर्दशन गर्ने सर्लाहीका एक जना खेलाडीलाई एक थान मोटरसाइकल र प्रतियोगिताभरकै सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ नगद प्रदान गरिने छ ।
आज हुने अर्को सेमिफाईनल जाउला खेल युथ क्लब र कन्चन्जंगा युथ क्लब सिकिम बीच खेल हुने आयोजक टिमले जनाए ।