एपीएफ अस्पतालले मनायो १७औं वार्षिकोत्सव

काठमाडौं । नेपाल एपीएफ अस्पताल बलम्बुले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सव मनाएको छ । सो अस्पतालले स्थापना भएपछि पहिलोपटक तीन दिवसीय कार्यक्रम सञ्चालन गरी वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवकै अवसरमा सो अस्पतालले ५ चैतमा अस्पताल परिसरमा विभिन्न प्रजातिका ५२ वटा बिरुवा वृक्षारोपण गरेको थियो ।

६ चैतमा रक्तदान कार्यक्रमको आयोजना गर्नुका साथै नेपाल एपीएफ स्कुल कीर्तिपुर र कोहलपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी करिब ४ सय जना विद्यार्थीको स्वास्थ्य जाँच गरेको थियो ।

७ चैत सोमबार भने विविध कार्यक्रमको आयोजना गरिएको थियो । वार्षिकोत्सवको अवसरमा सो अस्पतालमा आयोजित एक कार्यक्रमबीच अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक डा. रुपक महर्जनले अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्ने २६ जना स्वास्थ्यकर्मी तथा सशस्त्र प्रहरी कर्मचारीलाई प्रमाणपत्र प्रदान गरे ।

उनले सो अस्पताल स्थापनासँगै प्रदान गरिएको स्वास्थ्य सेवालाई विशिष्टीकरण गर्दै हाल एमआरआई, सिटीस्क्यान, इको आदि सुविधा थप गर्दै विशेषज्ञ चिकित्सकद्वारा उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको चर्चा गरे । उनले विश्वव्यापी कोभिड–१९ महामारीका बेला अस्पतालले प्रदान गरेको स्वास्थ्य उपचार सेवाको विभिन्न क्षेत्रबाट प्रशंसा भइरहेको बताए ।

अस्पतालका प्रमुख डा. महर्जनले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा सशस्त्र प्रहरी कर्मचारीको सामूहिक भावना इमानदारिता तथा योगदानप्रति त्यसै अवसरमा हार्दिक आभार प्रकट गरे । ७ चैत २०६२ सालमा स्थापना भएको नेपाल एपीएफ अस्पतालले हाल ३ सय ५० बेडको अस्थायी स्वीकृति प्राप्त गरी उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । ४ वटा प्रदेशमा क्षेत्रीय अस्पतालसमेत स्थापना भइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 129 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज ?

कुरी-कुरी