सशस्त्र प्रहरीको स्थापनापछि नेपालमा सुशासन कायम : गृहमन्त्री


कपिलबस्तु गृहमन्त्री बालकृष्ण खाँणले बुधबार विहान कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा सशस्त्र प्रहरी बल नेपाल नं.५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको उद्घाटन गरेका छन् ।

२०५७ सालदेखि सञ्चालन भएको गणको २०७५ साल भदौ ६ गते स्तरोन्नति भई बाहिनीको रुपमा स्थापना भएको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सशस्त्र प्रहरीको स्थापनापछि नेपालमा सुशासन कायम भएको बताए । उनले देशको सुरक्षाको लागि सशस्त्र प्रहरीले कडा मेहनत गरेको बताउँदै लुम्बिनी प्रदेश बाहिनी नेपालकै अब्बल बाहिनी बन्ने विश्वास व्यक्त गरे ।

उनले सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा व्यवस्थापनको लागि सरकारले तयारी गरिरहेको बताए । सशस्त्र प्रहरीको अवकाशपछि पनि आत्मनिर्भर बनाउनका लागि सरकारले योजना ल्याउने तयारी गरेको उनको भनाइ थियो । तराई मधेसमा विभिन्न जातजातिको बसोबास हुने हुँदा स्थानीय जातजाति नै देशको सीमा रक्षक रहेको गृहमन्त्री खाँणको भनाई छ ।

उनले एमसीसीका पारित गर्ने सम्बन्धमा देशमा विभिन्न आन्दोलन भएको र सो आन्दोलनमा सशस्त्र प्रहरीले चोट खाएर पनि देशलाई शान्ति व्यवस्था कायम राख्न सफल भएको बताए । उनले स्थानीय निर्वाचन भयमुक्त वातावरणका साथ सम्पन्न गर्नसुरक्षाकर्मीको भूमिका उल्लेखनीय हुने बताउँदै निर्वाचनप्रति कुनै शंका नगर्न आग्रह गरे । उनले स्थानीय तहको निर्वाचनमा भाग लिन समेत आग्रह गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र, राष्ट्रिय अखण्डताको रक्षा गर्न सशस्त्र प्रहरी सधैँ तत्पर रहेको बताए । सीमा क्षेत्रमा शान्ति सुरक्षाको विश्वसनीय वातावरण बनाउनु थप बोर्डर आउट पोष्ट स्थापना गर्नुपर्ने उनले बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले लुम्बिनी प्रदेशमा ४१ विओपी स्थापना भइसकेको र चालु आर्थिक वर्षमा १७ ओटा थप गरिने तयारी भएको बताए ।

सो कार्यलय कुल ५० बिगाहा क्षेत्रफलमा फैलिएको छ ।

सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुलबहादुर नेम्वाङले आफ्नो बाहिनीले गरेका कामको ’boutमा चर्चा गरेका थिए ।

उद्घाटन कार्यक्रममा संघीय सांसद् अभिशेकप्रताप शाह, नेपाली काँग्रेस लुम्बिनी संसदीय दलका नेता रीरेन्द्र कुमार कनोडिया, लुम्बिनी प्रदेशसभा सदस्य अर्जुन केसी, शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे, कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदीलगायत लुम्बिनी प्रदेशको सशस्त्र प्रहरी बल नेपालको गणपति तथा गुल्मपतिहरु लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 616 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
के विपन्‍न मतदाता भोट बैंक मात्र हुन् ?