यसकारण मैले राजसंस्था पुनर्स्थापनकाे एजेण्डा छाेंडे : कमल थापा

काठमाडाै । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफुले राजसंस्था पुनर्स्थापनाकाे एजेण्डा छाेडेकाे विषयमा प्रष्टीकरण दिएका छन् । साँझ सामाजिक सञ्जालमा एक भिडियाे सन्देश जारी गर्दै उनले आफुले राजसंस्था छाडेकाे भन्दा पनि पुर्वराजा ज्ञानेन्द्रले नै आफुलाई छाेडेकाे र त्यसपछि आफुले पनि राजसंस्था पुनर्स्थापनाकाे एजेण्डा छाेडेकाे बताएका हुन् ।

२०६२/६३काे राजनैतिक परिवर्तनपछि देश गणतन्त्रमय भएकाे अवस्थामा आफुले ज्यान हत्केलामा राखेर राजसंस्था पुनर्स्थापनाकाे लागि विगत १५ वर्ष देखि संघर्षरत रहेकाे भएता पनि गत मंसिर सम्पन्न राप्रपा महाधिवेशनमा आफुलाई पराजित गर्न निर्मल निवासले प्रत्यक्ष भुमिका खेलेकाे उनकाे भनाई छ। राजसंस्था पुनर्स्थापनाकाे विगत १५ वर्ष देखि गरिएकाे संघर्षका क्रममा जनता र जनताबाट अनुमाेदित राजनैतिक दलसँग सम्बन्ध सुधार गर्ने कुनै पनि किसिमकाे सकारात्मक प्रयास निर्मल निवास र राजाले नगरेपछि जनता र राजसंस्था बिच दुरी बढ्दै गएकाे भन्दै नेपालमा राजसंस्था पुनर्स्थापनाकाे सम्भावना क्षीण भनेकाे उनकाे भनाई छ।

भिडियाे सन्देशमा थापाले भनेका छन् “शतप्रतिशत राजावादी रहेकाे दल राप्रपामा निर्मल निवासले नांगाे हस्तक्षेप गरेर राजसंस्था साझा अभिभावक र निष्क्रिय भएर बस्न सक्दैन भन्ने सन्देश प्रवाहित गर्‍यो, याे पृष्ठभुमिमा हामीले साेच्याैं कि अब लाेकतन्त्र, हिन्दुराष्ट्र, सुशासन र समृद्धिकाे एजेण्डा बाेकेर जानू बाहेक अर्काे कुनै विकल्प छैन, राजसंस्थाप्रति विश्वास र आस्था हिजाे पनि थियाे, त्याे सम्मान भाेलि पनि रहनेछ, तर अबकाे गन्तव्य लाेकतन्त्र हिन्दुराष्ट्र र समृद्धि नै हुनेछ”

तपाइको प्रतिक्रिया
(Visited 307 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिमका २ नगरपालिका हाक्ने जिम्मेवारी महिला जनप्रतिनिधिको काँधमा