डा. प्रकाश बुढाथोकी
हरेक वर्ष नेपालमा मात्रै २६ हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन् । १९ हजारको मृत्यु हुने गरेको तथ्यांक क्यान्सर काउन्सिल नेपालद्वारा मंगलबार आयोजित कार्यक्रममा जानकारी दिइएको हुन्छ । विश्वमा सन् २०२० मा १६.९ मिलियन क्यान्सरका नयाँ बिरामी देखिने र १०.२ मिलियन बिरामीको मृत्यु हुने अनुमान छ । नेपालमा हरेक वर्ष २० हजारले क्यान्सर रोगका कारण जीवन गुमाइरहेको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनले दक्षिण एसियाको जीन र वातावरणको अध्ययन गर्दा नेपालमा बर्सेनि २ हजारको हाराहारीमा क्यान्सरका बालबालिका पत्ता लाग्नुपर्ने उल्लेख छ । कान्ति बाल अस्पतालमा २ सय, भक्तपुर र भरतपुर क्यान्सर अस्पतालमा ३ सय गरी जम्मा ५ सय बालबालिका मात्र उपचारका लागि सम्पर्कमा आउने गरेकाले बाँकी बिरामी खोज्न र उपचार गर्न सरकारले समुदायमा अभियान चाल्नुपर्ने देखिएको छ ।
क्यान्सरको उपचारमा भन्दा खान बस्नमा धेरै खर्च लाग्ने गरेको छ । कुल खर्चमा ८० प्रतिशत खान बस्नमा र २० प्रतिशत औषधि उपचारमा लाग्ने गर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक १० लाख जनसंख्यामा १ रेडिएसन थेरापीको मसिन हुनपर्छ, जसअनुसार नेपालमा २९ वटा हुनपर्नेमा ६ अस्पतालमा नौवटा मेसिन मात्र छन । विपन्न नागरिक औषधि तथा उपचार कोषबाट आव २०७५÷७६ मा कुल ५३ हजार ३ सय ३० लाभान्वित भएकामा ३७ हजार १ सय २१ जना क्यान्सरका बिरामी छन् । विश्व स्वास्थ्य संगठनले क्यान्सर भएका बिरामी सन २०३० सम्म ६० प्रतिशत बाचून् भन्ने लक्ष्य लिएको छ ।
विश्वमा सर्भाइकल क्यान्सरका नयाँ बिरामी बर्सेनि ५ लाख १० हजार भेटिन्छन् । नेपालमा नेपालमा परिवार कल्याण महाशाखाको तथ्यांकमा २ हनार ३ सय ३२ को उपचार र १ हजार ३ सय ६७ को मृत्यु हुने गरेको तथ्यांक छ । सर्भाइकल स्क्रिनिङ सेवा २.४ प्रतिशतले मात्र लिने गरेको र एचपीभी खोपको अहिले ग्लोबल सर्टेज रहेकाले यसको उपलब्धता अझै दुई वर्ष लाग्ने स्थिति छ । विश्व स्वास्थ्य संगठनको प्रक्षेपणमा नेपालमा प्रत्येक वर्ष ३ हजार ५ सय ४ नयाँ बिरामीको उपचार हुनुपर्ने र १ हजार ८ सय ७२ जनाको मृत्यु हुने प्रक्षेपण छ ।
कारण ः अर्बुदरोग हुने सम्भावना निश्चित रूपले बढाउनेमा करिब ९० प्रतिशत क्यान्सर खानपिन, रहनसहन, वातावरण, जीवनशैली आदिको कारणले र १० प्रतिशत शरीरको आन्तरिक कारणले हुने गर्दछ । सुर्ती तथा सुर्तीजन्य पदार्थ, मादकपदार्थ, खानपिन, पोषणको कमी भिटामिन ए, ई र सी, खनिजतŒव ः फलाम, जस्ता, तामा र म्यागनिज, तयारी खाना, बासी खाना र बढी चिल्लो भएको खाना, प्रदूषण ः विषालु रसायन, आर्सेनिक, निकेल, अस्वेस्टस, अलकत्रा र तार, विकिरण ः एक्सरे, अल्ट्राभाइलेट किरण, भाइरस ः ईबीभ, एचपीभी, एचएसभी, सीएमआई, भेरिसेला जस्टर, हेपाटाइटिस, असुरक्षित यौनव्यवहार, हर्मोन ः स्ट्रोजेन र टीएसएच, उमेर र वंशानुगत पर्दछ ।
लक्षण ः क्यान्सर बालबालिकादेखि वृद्धसम्म सबैलाई लाग्न सक्छ । तर, पनि जति उमेर बढ्दै गयो त्यति नै क्यान्सर लाग्ने सम्भावना बढ्दै जान्छ । नेपालमा देखिएका क्यान्सरहरूमा पुरुषमा मुख तथा घा“टीको, फोक्सोको र ठूलो आन्द्राको सबैभन्दा बढी पर्दछ भने स्त्रीमा पाठेघरको मुखको, स्तन र फोक्सोको क्यान्सर तथा बालबालिकामा रगत र आ“खासम्बन्धी क्यान्सर बढी देखिएको छ । तर, क्यान्सर एउटा लक्षण, निदान र उपचारमा अपजसिलो रोग हो । सुरुका आठ लक्षणहरूमा बिनाकारण वजन घट्ने, अपच वा खाना निल्न गाह्रो हुने, दिशा वा पिसाबको बानीमा फरक पर्ने, असाधारण रक्तस्राव वा पिप आउने, उपचारद्वारा निको नहुने पुरानो घाउ हुने, हतपत निको नहुने खोकी वा घोक्रो स्वर हुने, कोठीको रंग र आकारमा परिवर्तन देखा पर्ने, स्तन वा शरीरका अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा आउने, अंगअनुसार लक्षणहरू पनि फरक हुने वा फरक देखिने गर्दछन् । क्यान्सर लागिसकेपछि व्यक्ति दुब्लो, पातलो, कमजोर हु“दै जाने, भोक नलाग्ने, रक्तअल्पत्ता हुने र प्यारानियोब्लस्टिक सिन्ड्रोम हु“दै सिकिस्त हुन्छ र मृत्यु हुन्छ ।
निदान ः बिरामीको इतिहास सविस्तार जाँच गरेर, रगत, दिशा, पिसाबको परीक्षण गरेर, सियोले गिर्खाबाट पानी झिकी परीक्षण गरेर (एफएनएसी) तन्तु वा कोषको बायोप्सी गरेर, साधारण तथा स्पेसल एक्सरे अल्ट्रासोनोग्राम, सीटी स्क्यान, एमआरआई र इन्डोस्कोपिक जाँच गरेर क्यान्सरको निदान गर्न सकिन्छ । क्यान्सरको स्टेजअनुसार उपचार फरक पर्ने भएकोले क्यान्सरको स्टेजिङ गर्ने गरिन्छ ।
उपचार ः कुनै पनि क्यान्सरको उपचार कति सफल रहन्छ भन्ने कुरा क्यान्सरको अवस्था, स्थान, प्रकार तथा किसिमले साथै बिरामीको स्वास्थ्य अवस्था र उमेरले पनि निर्धारण गर्दछ । वयस्कमा ४० क्यान्सर निको हुन्छ भने बच्चामा ६०–९० प्रतिशत निको हुन्छ । यदि सुरुकै अवस्थामा नै क्यान्सरको निदान हुन सक्यो र उपचार सुरु गरियो भने उमेर ढल्किसकेका र रोगको अवस्था जटिल तथा ढिलो भइसकेकोमा भन्दा सफल रहन्छ र क्यान्सर निको भई धनजनको क्षति न्यूनीकरण गर्न सकिन्छ । शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, हार्मोनथेरापी र इम्युनोथेरापी क्यान्सरको उपचारमा प्रयोग गरिन्छन् ।
अन्त्यमा, रोग त्यसैमा क्यान्सर रोग स्वीकार्न त्यति सजिलो छैन हाम्रो समाजमा । डाक्टरले तिमीलाई क्यान्सर छभन्दा त छानाबाट खसेझैं हुने गर्दछन् बिरामी र उनका आफन्तहरू । स्वस्थ हुनका लागि औषधोपचारको साथै जीवनमा अरू पक्षहरूले अहं भूमिका खेल्ने गर्दछन् । जसमा चिकित्सक नर्सका सद्व्यवहार, परिवारको स्याहार सुसार, आफन्त र साथीहरूको शुभकामनाले पनि स्वास्थ्यमा सुधार र सकारात्मक असर परी रोगीको मनोबल बढ्छ । फलस्वरूप रोगस“ग लड्ने क्षमता बढ्दै जान्छ । तसर्थ, क्यान्सर रोगले दिने शारीरिक र मानसिक पीडालाई तथा चुनौतीलाई सामना गर्न पारिवारिक सहयोग सद्भावले अहं भूमिका खेल्दछ । सम्पूर्ण मानवजातिका लागि माया र ममता अति आवश्यक चिज हो । जसको अभावमा मानिस त्यतिकै पनि रोगी हुन सक्छ । कुनै रोगीले माया र ममता प्रचुर मात्रामा पायो भने औषधि बन्न सक्छ । तसर्थ आफन्त र परिवारजनको मायाले रोगीको बा“की जीवन मानसिक सन्तुष्टिका साथ बिताउन मनोवल बढ्छ ।